धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय
काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय भएका छन् । उनीहरु विद्यालयको जग्गामा पार्टी पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेको र लगभग सफल भइसकेको भेटिएको छ ।
विसं २०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भइरहेको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिनेश महर्जन भू–माफियाको लोभमा फसेर उक्त विद्यालयको नाममा लालपुर्जा समेत भएको जग्गामा भवन निर्माण गर्न राजी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कामपाका मेयर बालेनलाई असफल बनाउने योजनाअन्तर्गत कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको बुझिएको छ ।
मेयर बालेन शाहसँग रिसिइबी साट्न विद्यालयलाई नै धराशायी बनाउने योजना आफैँमा घृणित र लाजमर्दो भएको र यसको प्रतिवादमा उत्रने स्थानीयले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया