आर्थिककर्मी बस्नेत सम्मानित
दोलखा । आर्थिक राष्ट्रिय दैनिकका दोलखा संवाददाता सुवास बस्नेत सम्मानित भएका छन् । दोलखामा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २८औँ वार्षिकोत्सब तथा २७औँ साधारणसभाको अवसरमा शनिवार बस्नेतलाई नगदसहित सम्मान गरेको हो ।
संस्थाले दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारितामार्फत सहकारी अभियानलाई सशक्त बनाउने, बचत संस्कृतिलाई प्रोत्साहन गर्ने तथा समुदायलाई आत्मनिर्भर बनाउने कार्यमा कलम चलाएको भन्दै सम्मान गरेको जनाएको छ । यस्तै, संस्थाका अध्यक्ष माधव दाहालको अध्यक्षतामा सम्पन्न सभाले आगामी ४ वर्षको लागि नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । संस्थाको अध्यक्षमा पुनः माधव दाहाल चयन भएका छन् । यस्तै, उपाध्यक्षमा गीताकृष्ण शर्मा, महिला उपाध्यक्षमा कृष्णकुमारी बस्नेत, सचिवमा लक्ष्मण चौलागाईं, सहसचिवमा मोहन कुमार खड्का र कोषाध्यक्षमा तोयानाथ दाहालसहित ११ जना सञ्चालक सदस्य सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी माधवप्रसाद दाहालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि सर्वसम्मत चयन गरिएको संस्थाका सचिव लक्ष्मण चौलागाईंले जानकारी दिए ।
२०५४ सालमा स्थापना भएको सहकारीले हालसम्म आइपुग्दा एक अर्व ३९ करोड पुँजी संकलन गर्न सफल भएको छ । साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनअनुसार सहकारीको कुल पुँजी एक अर्व ३९ करोड ६५ लाख रुपैयाँ, सदस्य सेयर पुँजी १० करोड ९६ लाख रुपैयाँ र बचत निक्षेप एक अर्व १० करोड ८० लाख रुपैयाँ रहेको छ ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया