काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन
काभ्रेपलाञ्चोक । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ ।
शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुनसकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले राससलाई बताए । उनका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो ।
सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिनेछ । उनीहरूलाई धुलिखेल र भकुण्डे ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन् । करिब दुई सय स्थानीय शरणमा बसेका छन् । रोशीमा ११ जनाको मृत्यु भएको छ ।
पानीले बिपी राजमार्गका काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ । अरनिको र हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिराका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँमा पनि सडकमा पहिरो खसेका र रोशी खोलाको राजमार्ग कटान गरेको छ ।
दुई दिनको अविरल वर्षाका कारण बाढी–पहिरोमा परी काभ्रेपलाञ्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ । रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । पनौती–११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चार जना बेपत्ता भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया