वीपी राजमार्ग तत्काल सञ्चालन नहुने
काठमाडौं जोड्ने पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन, काठमाडौंमा दैनिक उपभोग्य वस्तुको अभावको त्रास हट्यो
काठमाडौं । बिहीबार, शुक्रबार र शनिबार बिहानसम्मको मनसुनी वर्षापछि आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको विभिन्न ठाउँ र त्रिभुवन राजपथको काठमाडौैं–धादिङ सीमानाको झ्याप्ले खोलाको पहिरो पन्छाएर काठमाडौं जोड्ने मुख्य राजमार्ग आइतबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । झ्याप्ले खोलामा पहिरोमा पुरिएका बसहरूबाट दर्जनौ शवहरू निकालेर एकतर्फी सडक सञ्चालन गरिएको हो ।
उक्त राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौंमा खाद्यान्न, पेट्रोलियम पदार्थ र अन्य वस्तुको अभावको सम्भावना टरेको छ । यदि नागढुंगा–नारायणघाट सडक सञ्चालन गर्न नसकेको भए काठमाडौंमा दैनिक उपभोग्य तथा निर्माण सामग्रीको समेत हाहाकार हुनेथियो । आयात ठप्प हुँदा काठमाडौं उपत्यका तथा आसपासका जिल्लाका लागि एक हप्तासम्म धान्ने मात्र पेट्रोलियम पदार्थको भण्डारण छ । तर, काठमाडौंलाई पूर्वी नेपालको हिमाल, पहाड र तराई जोड्ने अति व्यस्तमध्येको सडक वीपी राजमार्ग भने तत्काल एकतर्फी सञ्चालनमा आउने अवस्था छैन । उक्त राजमार्ग सञ्चालनमा आउन सकेन भने पृथ्वीराजमार्ग र बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा गाडीको अधिक चाप पर्नेछ । दशैँ सुरु हुन लागिसकेको अवस्थामा सडक विभाग पनि सबै राजमार्ग खुलाउने दबाबमा छ ।
सडक विभागका अनुसार वीपी राजमार्गको केही खण्ड सञ्चालनमा आए पनि भकुण्डेबेसीदेखि नेपालथोकसम्मको सडक तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । स्थानीयको भनाइ भन्दै सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले दिएको जानकारीअनुसार उक्त खण्डको करिब १५ सय मिटर सडक पूर्णरुपमा बाढीले बगाएको छ । जापनिजहरूले वाल उठाएर बनाएको खण्ड पूरै बगाएको कारण सडक विभागका अधिकारीहरू पुग्नै सकेका छैनन् । सोही कारण कसरी उक्त स्थानमा सडक सञ्चालन गर्ने भन्ने बारेमा निर्णय गर्न नसकिएको हो ।
रोशी नदीमा डाइभर्सनबाट सडक चलाउन सकिए पनि सुनकोशीमा भने तत्काल सम्भावना छैन । किनकि सुनकोशीको पानी अझै पनि उल्लेख्य मात्रामा घटेको छैन । सोही कारण वीपी राजमार्ग एकतर्फी पनि कहिले सञ्चालन गर्न सकिन्छ भनेर भन्न सकिने अवस्था नभएको हो । सडक विभागका महानिर्देशक रामहरि पोखरेल पनि वीपी राजमार्ग एकतर्फी भए पनि कहिले खुल्ने भन्न नसकिने बत(ाउँछन् । ‘सुनकोशीले बगाएर लगेको सडकखण्डमा हामी पुग्नै सकेका छैनौँ’, महानिर्देशक पोखरेलले भने, ‘भकुण्डेबेसी–नेपालथोक खण्डमा सडक बनाउँदै पुगेपछि मात्र दशैँअगाडि नै उक्त राजमार्ग खोल्न सकिन्छ कि दशैँपछि त्यसपछि मात्र भन्न सकिन्छ । तर, तत्काल उक्त वीपी राजमार्ग एकतर्फी भए पनि खोल्न सकिने सम्भावना न्यून छ ।’
अविरल मनुसुनी वर्षाले खासगरी नारायणी नदीदेखि मेचीसम्म अति क्षति पु¥याएको छ । त्यसमध्ये पनि बागमती प्रदेशमा धेरै क्षति पुगेको छ । तिब्बतबाट बगेर आउने नदीमा उतैबाटै ठूलो बाढी आएको थियो भने काठमाडौं तथा आसपासका जिल्लामा अत्यधिक वर्षा भएको कारण आएको बाढी र पहिरोले राजमार्ग बगाउँदा काठमाडौंलाई देशका अन्य भागबाट पूर्णरुपमा एक्ल्याएको थियो । कुलेखानी जलासयको पानी एक्कासि खोलिदिँदा कान्तिराजमार्गको एउटा पुलको एप्रोच सडक करिब तीन सय मिटर बगाएको कारण उक्त राजमार्ग पनि तत्काल खुल्ने अवस्था छैन ।
त्यस्तै, पुलहरू नै बगाएको कारण अरनिको राजमार्ग पनि तत्काल सञ्चालनमा आउने सम्भावना कम छ । सडक विभागका अनुसार बाढीले लार्चा, लिपिङ, नेपालथोक, खुर्कोट, फोक्सिङटार र मेची राजमार्गको हेवा खोला र रातोखोलाको मोटरेबल पुल नै बगाएको छ । कतिपय ठाउँमा बेलिब्रिज राख्ने ठाउँ नभएको कारण पुल बगेको ठाउँमा तत्काल सडक खुल्ने सम्भावना नभएको हो ।
बाढी र पहिरोको कारण सडक बन्द हुँदा चीनसँगको व्यापार केही दिनदेखि ठप्प छ । रसुवागढी नाकासम्मको सडक सोमबारसम्म खुलाउन सकिने विश्वास सडक विभागको छ भने अरनिको राजमार्ग खुलाउन सकिने अवस्था नभएको कारण तातोपानी नाका अझै लामो समय बन्द हुने देखिएको छ । तातोपानी नाकासम्म आएका कन्टेरको सामान त्यतिकै थन्किने भएको छ । रसुवागढी नाका खुलेपछि ती सामानहरू फेरि रसुवागढीतर्फ घुमाउनुपर्नेछ ।
हवाई उडानमा चाप: अविरल वर्षाको कारण आएको बाढी र पहिरोले पुल र सडक बगाउँदा हवाई उठानमा चाप परेको छ । विभिन्न एयरलाइन्सहरूले थेग्नै नसक्ने गरी यात्रुका चाप बढेको छ । आइतबार आन्तरिकतर्फ तीन सयभन्दा बढी विमानको उडान/अवतरण भएको छ भने अन्तर्राष्ट्रिय उडानमा पनि त्यस्तै चाप परेको छ । यात्रुहरूको चाप बढेपछि एयरलाइन्सहरूले आन्तरिक उडानको भाडा बढाएका छन् । तर, चर्को आलोचना भएपछि थोरै भाडा भने घटाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया