Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमले यूएनको शान्ति मिसनमा उडान गर्ने

निगमले यूएनको शान्ति मिसनमा उडान गर्ने


काठमाडौं, असार १९
नेपाल वायुसेवा निगमले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । निगमले नेपाली सैनिकलाई संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा लैजानचार्टर्ड उडान गर्ने जनाएको छ । निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसंघको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा निगम र नेपाली सेनाका उच्च अधिकारीबीच बिहीबार सम्झौता भएको हो ।

सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी असार २४ गते अर्थात जुलाई ८ तारिखमा वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ । निगमको वाइडबडी जहाज काठमाडौँबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको निगमले जनाएको छ । निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया