विपत्मा परी ज्यान गुमाउनेको संख्या दुई सय नौ पुग्यो, २९ जना अझै बेपत्ता
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । गृह मन्त्रालयका अनुसार सोमबार रातिसम्म बाढी पहिरोको कारण दुई सय नौ जनाको ज्यान गुमाएका छन् ।
सोमबारसम्म ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको बताइएको छ । काठमाडौं उपत्यकामा ५६ जना, कोशीमा १७ जना, मधेशमा पाँच जना, बागमतीमा एक सय २५ जना, लुम्बिनीमा दुई जनाको ज्यान गएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले घादिङ र काभ्रेमा मानवीय र भौतिक क्षति बढी देखिएको भए पनि समग्रमा काठमाडौं उपत्यका र बाग्मती प्रदेशमा ज्यान गुमाउनेको संख्या धेरै रहेको बताए । बेपत्ता हुनेको संख्या पनि रहेको हुँदा उनीहरू जीवत छन् वा छैनन् भन्ने अवस्था समेत नरहेको प्रवक्ता कार्कीले बताए । बाढी पहिरोमा परि हालसम्म २९ जना बेपत्ता रहेका छन् । बेपत्ताको खोजी तीव्र बनाइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा फौज अर्थात् प्रहरी, सशस्त्र प्रहरी र आर्मीको समूह परिचालन गरिएको बताइएको छ ।
प्रहरीका अनुसार बाढी, पहिरो र डुबानमा परी काठमाडौं उपत्यकामा २४ जना, बागमती प्रदेशका अन्य स्थानमा ८५ जना, कोशी मा १३ जना र मधेशमा आठ जना गरी कुल एक सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने सामान्य उपचारपछि काठमाडौंका अस्पतालमा ल्याइएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार घाइते हुनेमा नौ जना भारतीय नागरिक छन् । धुलिखेलमा घाइते भएका भारतीय नागरिकहरूलाई धुलिखेल अस्पतालमा उपचारपछि काठमाडौं ल्याइएको छ । सडक सञ्जालहरू एकतर्फीरुपमा भए पनि सञ्चालनमा ल्याएको कारण घाइते तथा यात्रुहरूलाई काठमाडौं उपत्यकामा प्रहरी तथा सशस्त्र प्रहरीको समन्वयमा काठमाडौं ल्याइएको छ भने बाहिर जाने यात्रुलाई पनि छाडिएको छ ।
प्रहरीले उद्धार कार्यलाई पनि निरन्तरता दिइएको छ भने हालसम्म काठमाडौं उपत्यकामा दुई हजार एक सय ५५ जना, बागमतीमा सात सय ४५ जना कोशीमा दुई सय ९० जना, मधेशमा ३५ जना र गण्डकीमा नौ सय ९७ जना गरी कुल चार हजार दुई सय २२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
खोज तथा उद्धाको कार्य जारी रही सोमबार सेनाको हेलिकोप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुरलगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेकाहरूको उद्धार गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् । उनले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिएको बताएका छन् । खोज तथा उद्धारको कार्यलाई आवश्यकताअनुसार सुरक्षा निकायहरूबाट निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न निकायसँगको समन्वयमा सडक सञ्जाल खुल्ला गर्ने तथा सवारीसाधान सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ । ‘सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजामार्गहरू सुचारु गर्ने, तत्काल सुचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय तहको सम्बद्ध निकायहरूबाट विपत् प्रभावितहरूलाई आपतकालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले राहतको लागि सहयोगी संस्थाहरूसँग समन्वय गरिएको बताइएको छ । ‘संयुक्त राष्ट्र संघीय निकायहरू र लजिस्टिक क्लस्टरका साझेदारी संस्थाहरूसँग बैठक गरी राहत सामग्रीहरूको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको छ । सबैखाले राहत सामग्री एकद्धार प्रणालीमार्फत वितरण गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया