Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम इन्धनको मूल्य घट्यो

पेट्रोलियम इन्धनको मूल्य घट्यो


काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

निगमले आज बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर ४५ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएको भएपनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, खमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल एक सय ४४ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ र डिजेल तथा मट्टितेल एक सय ४६ रुपैयाँ मूल्य तोकेको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ५८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ४७ रुपैयाँ कायम गरेको छ ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको निगमले जनाएको छ । निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने पनि जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x