बाढीपहिरोमा परी दोलखामा सात जनाको मृत्यु, करोडौंको क्षति
दोलखा । शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर दोलखा हालसम्म सात जनाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–६ एकै परिवारका तीन जना र विगु गाउँपालिका–१ लामाबगर रहेकोे माथिल्लो तामाकोशी जलविद्युत् आयोजना कार्यरत चार जनाको मृत्यु भएको हो ।
शनिबार दिउँसो घरमा सुतिरहेको अवस्थामा पहिरोले घर पुर्दा भीमेश्वर–६ सदरमुकाम चरिकोट नजिकैको मैदानेमा राजकुमार भुजेल, उनकी श्रीमती राधिका भुजेल र छोरा सुजन भुजेलको मृत्यु भएको थियो । सो पहिरोमा पुरिएका एक वर्षका बालक युवराज भुजेललाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो । त्यसैगरी सोही दिन बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा लेदोसहित पहिरो खस्दा चार जना बेपत्ता भएका थिए । उनीहरूको खोजी कार्य गर्दा आइतबार चारै जना मृत फेला परेका हुन् । शनिबार दिउँसो हेडवर्क्समाथिबाट खसेको पहिरोले तामाकोशी जलविद्युत् केन्द्रको कन्ट्रोल बिल्डिङ पुरिएको थियो । सो बिल्डिङसँगै पुरिएका दुई सैनिकसहित चारै जना मृत फेला गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए ।
आयोजनाको सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्र वहादुर पाल र सैनिक शंकर चन्द तथा नवलपरासी जिल्लाको प्रतापपुर घर भई माथिल्लो तामाकोशीमा फोरम्यानको काम गर्ने कृष्णप्रसाद चौधरी र दोलखाको बिगु गाउँपालिका–१ स्यालुका कार्यालय सहयोगीको रूपमा कार्यरत जयराम तामाङ मृत फेला परेको प्रहरीले जनाएको छ । माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको सुरक्षाका लागि खटिएको सैनिक टोली, लामाबगरमा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको शव फेला पारेको हो ।
बाढीपहिरोले करोडौँको क्षति, पुष्पलाल मार्ग अवरुद्ध
वर्षासँगै भएको बाढीपहिरोले जिल्लामा करोडौँको क्षति पुर्याएको छ । बाढीपहिरोले राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ठूलो क्षति गरेको गरेको छ । आयोजनाको बाँधस्थल नजिकै नियन्त्रण कक्ष रहेको दुई तले घर पहिरोले पुरेको छ भने बालुवा थिग्ग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधवाट डिस्यान्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको छ ।
त्यसैगरी तामाकोशी गाउँपालिका–५ को किर्नेबजार आसपासमा ठूलो क्षति पुर्याएको छ । तामाकोशी नदीमा आएको भीषण बाढीका कारण किर्ने बजार क्षेत्रको साइटमा नदिले तीव्र कटान गर्दा ठूलो क्षति भएको हो । किर्ने–देवीटार मोटरेबल पुलको वारिपारि कटान गर्नुको साथै पुष्पलाल मार्गमा बगाएर सडक अवरुद्ध बनेको छ । दर्जनौँ विद्युत् पोल तथा धुलिखेल अस्पतालसम्मको सडक पूर्णरूपमा नदीले कटान गरेको तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले बताए । बाढीले धुलिखेल अस्पताल समेत बगाएको बताए । अस्पतालसँगै रहेको खिम्ती प्रोजेक्ट स्कुलमा पनि क्षति पुगेको छ भने दायाँतर्फ रहेको हेलिप्याडसहितको सम्पूर्ण सडकसहितको भू–भाग बगाएको छ । बाढीको कारण तामाकोशी गाउँपालिकाले ठूलो क्षति व्यहोर्नुपरेको उनले बताए । उनका धुलिखेल अस्पतालको सहयोगमा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिकको भवन पूर्णरूपमा क्षति भएको हो ।
टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
बाढीपहिरोका कारण जिल्लामा नेपाल टेलिकमको इन्टरनेट तथा नेटवर्क अवरुद्ध बनेको छ । दुई दिनदेखि जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् सेवा भने सोमबार दिउँसोबाट सुचारु भएको छ । बाढीपहिरोले इन्टरनेटको केवल तार, पोल बगाएको कारण टेलिफोन नेटवर्क र नेट सुचारु हुन नसकेको नेपाल टेलिकमले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया