धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा आफ्नो नाम मुछिएकोमा प्रधानमन्त्री ओलीको आपत्ति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियामा रकमसहितको आफ्नो नाम सार्वजनिक भएकोमा आपत्ति जनाएका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुन रहेको अवस्थामा बोर्ड अध्यक्ष नियुक्तिको लागि आफ्नो नामसहित आर्थिक चलखेलको आरोप लागेको भन्दै आपत्ति जनाएका हुन् ।
‘धितोपत्र बोर्डको अध्यक्ष पाँच अर्ब रुपैयाँको विषय मैले भनेको होइन एउटा पत्रिकाले छाप्यो जुन पत्रिका त्यतिबेला प्रधानमन्त्री अर्थमन्त्रीकै नजिकै वा उहाँहरूकै पक्षको हो त्यो मैले भनिरहन परेन, सायद लेख्ने साथीहरू यहीँ हुनुहुन्छ होला’, प्रधानमन्त्री ओलीले भने, ‘चार–पाँच अर्ब खाने भो चार पाँच अर्ब खाने बाटो ग¥यो भनेर मलाई भनियो, हामी त्यो समयमा सरकारमा भए पनि निर्णय गर्ने ठाउँमा थिएनौँ ।’
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बोर्डको अध्यक्ष नियुक्तिको विषयलाई लिएर आर्थिक चलखेलको आरोपलाई पुष्टि गर्ने क्रममा आफूलाई लागेको आरोप अचम्म लागेको भन्दै प्रधानमन्त्री एउटा छ, अर्थमन्त्री एउटा छ अनि पाँच अर्ब रुपैयाँ केपी ओलीले लिनेभयो भन्ने छापिन्छ के हो त्यो ? भनी प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुनतर्फ सङ्केत गर्दै प्रश्न गरे । उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई यसमा पाँच अर्बको डिल गर्नेले पनि गर्लाजस्तो लाग्दैन ? भन्दै प्रतिप्रश्न गरेको समेत बताए ।
प्रधानमन्त्री ओलीले कर्मचारीले त्यति ठूलो रकम ल्याउन नसक्ने हुँदा यो विषयमा सत्यता नभएको बताए । ‘अर्को कुरा त कर्मचारीले नियुक्त हुँदा त्यो पाँच अर्ब कहाँबाट ल्याएर देला यही कुरा मलाई पत्यार लागेन । तर, तपाईँहरूले जे गर्दै हुनुहन्छ अब यस्तो हुन्छ भनेपछि यस्तो कुरालाई बन्द गर्नुहोस् अन्त्य गर्नुहोस् भनेपछि उहाँहरू अर्थात् प्रधानमन्त्री र अर्थमन्त्री छट्पटाउनुभयो’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले बोर्डको अध्यक्ष नियुक्तिमा रकम चलखेलसहित समाचार सार्वजनिक भएसँगै तत्कालीन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुनलाई पाँच अर्ब रुपैयाँले आफूलाई कसले लिएर दिन्छ ? कहाँ ल्याएर दिन्छ ? लगायतका प्रश्नहरू सोधेको बताए । ‘भोलिपल्ट पाँच अर्ब लिने छापेपछि मैले उहाँहरूलाई सोधेँ पाँच अर्ब मैलाई कसले ल्याएर दिन्छ ? किन दिन्छ ? भनी मैले प्रश्न गरेँ’, प्रधानमन्त्री ओलीले भने, ‘मैले भनेको छु म कमिसनका लागि काम गर्ने होइन देशका लागि काम गर्ने हो, म भ्रष्टाचार गर्ने होइन, म भ्रष्टाचार रोक्ने मानिस हुँ अनि यो तपाईँले के छपाउनुभएको भनेर उहाँहरूलाई साधेपछि, उहाँहरूले यो हामीले छपाएको होइन भन्नुभयो, मैले कसले छपाएको भनी प्रश्न गरेँ । मेरै नाम लिएर छपायो कसरी ? ’
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा अर्बको चलखेल भएको बताएका थिए । उनले पार्टी अध्यक्ष दाहाल र आफू कमिसनतन्त्र, भ्रष्टाचारविरुद्ध लड्दा दाहाल नेतृत्वको सरकार ढलेको भन्दै एमालेलाई अरोप लगाउँदै आएका छन् । विवादास्पद व्यापारी दीपक भट्टको योजनाअनुरूप सन्तोषनारायण क्षेष्ठलाई नियुक्त गर्न लागिएको र यसका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली लागिपरेको समाचार सार्वजनिक भएको थियो । उक्त विषयमा कुनै सत्यता नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । गत पुस २१ देखि बोर्डको अध्यक्ष पद खाली भएको थियो भने सरकारले नियुक्त गर्न सकेको छैन । गत पुस २० मा बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिए पनि नयाँ अध्यक्ष नियुक्त भएको छैन ।
प्रधानमन्त्री ओलीले दाहाल र पुन नेतृत्व सरकारलाई देशको अवस्था नाजुक रहेको बताउँदै कमिसनतन्त्र, घुसततन्त्र नगरौँ भनी सुझाव दिएको समेत बताए । ‘देशको अवस्था नाजुक छ त्यसमा कमिसन खाने घुसखोरी गर्ने पैसा लिएर सरुवा पैसा लिएर बढुवा, कमिसन लिएर ठेक्का दिने तथा काम दिने कुराहरू र कमिसन भरमा खेलबाड हुने काम यस्तोचाहिँ चल्न हुँदैन, यो नगरौँ भनेर मैले भनेको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले त्यसो भनेपछि उहाँहरू झस्किनुभयो ।’ उनले सेयरबजार घटबढ हुनु स्वाभाविक भएको बताए । ‘अहिलेको कठिन अवस्थामा सेयरबजार घट्नु पनि स्वाभाविक लाग्छ त्यसैले अप्ठ्यारो समयमा सेयरबजार घट्नु पनि स्वाभाविक भएको बताउँदै उनले प्रश्न गरे, सेयरबजारमा गएको पहिरोको कुरा गर्दा यो तलमाथि हुनेगर्छ, अहिलेको अवस्थामा अर्थात् बाढीपहिरो गयो देशको अर्थतन्त्रमा ठूलो धक्का लाग्यो अनि सेयरबजारचाहिँ एकदमै बढ्ने कसरी हुन्छ ? उनले अहिले राष्ट्रिय दुःखका बेलामा अन्य विषयमा भने धेरै जान्न बोल्न नचाहेको समेत बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया