काठमाडौँ । दुर्गापक्षको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा बिहीबार घटस्थापना गरेका छन् ।
राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा रहेको छ । सोही परम्परालाई निरन्तरता दिँदै उनले घटस्थापना गरेर जमरा राखेका हुन् ।
नवरात्रको पहिलो दिन बिहीबार विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ । विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण
- ‘नेपालमा सहरीकरणको समस्या समाधानमा विश्व समुदायको ध्यानाकर्षण’
- एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया