राज्यकोषमा करोडौं भार थपिने गरी बीमा प्राधिकरणमा उप–कार्यकारी निर्देशक राखिँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा दुई जना उपकार्यकारी निर्देशक थप गर्ने प्रस्ताव सञ्चालक समितिबाट पारित भएको छ । देशको चालू खर्च धान्न पुग्ने राजस्व उठाउन नसकिरहेको बेला अर्थ मन्त्रालय मातहतको बीमा प्राधिकरणमा वार्षिक करोडौँ रुपैयाँ थप खर्च हुने गरी उप–कार्यकारी निर्देशक थप गर्न लागिएको हो ।
मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले दुई जना विशिष्ट श्रेणीका उप–कार्यकारी निर्देशक पद राख्ने विषय समावेश भएको ओएनएम सर्भे प्रतिवेदन पास गरेको हो । विवादका कारण लामो समयदेखि रोकिएको सो प्रस्ताव पारित भएको प्राधिकरणले जनाएको छ ।
रोचक कुरा के छ भने अर्थ मन्त्रालय प्रशासन महाशाखाका प्रमुख मदन दाहालले हस्ताक्षर गरेर विवादित विषय पारित गरिदिएका छन् । तीनै दाहाल यसअघि वैदेशिक रोजगार विभाग, राजस्व अनुसन्धान विभागमा हुँदा निकै राम्रो काम गरेर चर्चामा आएका थिए । प्राधिकरणमा हाल कार्यकारी निर्देशक एक जना र निर्देशक चार जना हुने व्यवस्था छ । गत वर्ष हतारहतार ओएनएम सर्भे गर्ने भन्दै कर्मकाण्डी कागजात बनाएर दुई जना उप–कार्यकारी निर्देशक थप गर्ने प्रस्ताव अघि बढाइएको थियो ।
तर तत्कालीन विज्ञ सञ्चालक कपिलदेव ओलीले कुनै पनि हालतमा औचित्यहीन उप–कार्यकारी निर्देशक पद थपेर राज्यलाई भार नपार्ने अडान लिएका कारण रोकिएको थियो । अहिले विज्ञ सञ्चालक सदस्य पद रिक्त छ । अर्थ मन्त्रालयका प्रतिनिधिको रूपमा गएको भदौ अन्तिम साताबाट सह–सचिव मदन दाहाल बीमा प्राधिकरणको सञ्चालक बन्न आएका छन् ।
विगत लामो समयदेखि रोकिएको ओएनएम सर्भे हठात् पास भएको विषयमा कर्मचारीहरू आश्चर्यचकित बन्न पुगेका छन् । यसअघि प्राधिकरण कर्मचारी युनियनले एक सयभन्दा बढी कर्मचारीको हस्ताक्षर संकलन गरेर सञ्चालकहरूलाई बुझाएका थिए । अहिले त्यसरी हस्ताक्षर अभियान चलाउने दुई जना कर्मचारीलाई थाइल्यान्ड ट्रिपमा पठाएर ओएनएम सर्भे पास गराइएको हो ।
प्राधिकरणबाट पास भएको ओएनएम सर्भेअनुसार दुई उप–कार्यकारी पद थप गर्न अर्थ मन्त्रालयले सहमति दिएको खण्डमा कम्तीमा दुई वटा गाडी, तलब भत्तासहितको वार्षिक करोडौँ भार राज्यकोषमा बढ्नेछ । देशको आर्थिक अवस्था कमजोर भइरहेको बेला सरकारी कोषलाई बलियो बनाउनुपर्नेमा उल्टै दोहन गर्ने पक्षमा उभिने प्राधिकरणका सञ्चालकहरूको निर्णयलाई अर्थ मन्त्रालयमा व्यङ्ग्यको रूपमा हेरिएको छ ।
क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया