Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९९ शवसहित मुलुकबाहिर रहेका झण्डै साढे १७ हजार नेपालीको उद्धार

९९ शवसहित मुलुकबाहिर रहेका झण्डै साढे १७ हजार नेपालीको उद्धार


काठमाडौं, असार २१
सरकारले पहिलो चरणमा गत जेठ २१ देखि विदेशमा अलपत्र नेपालीको उद्धार गर्न थालेको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विदेशमा समस्यमा परेका भारतसहित तेस्रो मुलुकबाट झण्डै साढे १७ हजार नागरिक स्वदेश फर्किएको बताएको छ । बिहीबारसम्ममा भारततर्फका सीमा नाकाबाट एक हजार एक सय ३१ र त्रिुभवन विमानस्थलमार्फत १६ हजार दुई सय ९४ जना नेपाली नागरिकलाई स्वदेश फर्किएका हुन् ।

केन्द्रका सदस्य एवम गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीबारसम्ममा भारतबाहेकका विदेशमा अलपत्र, गर्भवती, आममाफी पाएका आदि गरी १६ हजार दुई सय ९४ जना नेपालीलाई स्वदेश ल्याएको तथा तीमध्ये ११ हजार तीन सय २६ जनालाई सम्बन्धित प्रदेशमा पठाइएको बताए । सरकारले विदेशमा अलपत्र, गर्भवती, आममाफी पाएका महिलालाई पहिलो प्राथमिकतामा राखी उद्धार गर्ने निर्णय गरेको थियो भने सोहीअनुरुप उद्धार कार्यले निरन्तरता पाएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो समयमा स्वदेश फिर्ता हुनेमा सबैभन्दा बढी वाग्मति र सबैभन्दा कम कर्णाली प्रदेशका नागरिक रहेका छन् भने स्वदेश फिर्ता भएकाहरु मध्ये आ—आफ्ना प्रदेशका सम्वन्धित प्रदेशमा जानेहरुमा सबभैन्दा बढी प्रदेश नं १ र सबैभन्दा कम कर्णाली प्रदेशका नागरिक रहेका छन् । विदेशमा रहेका नेपाली स्वदेश फर्किने क्रममा बाग्मति प्रदेशका पाँच हजार तीन सय ५८ जना तथा कर्णालीका तीन सय ५३ जना नागरिक रहेका छन् । त्यसैगरी बिहीबारसम्ममा प्रदेश नम्बर १ का तीन हजार ८९ जना , प्रदेश २ का दुई हजार चार सय ९८ जना, गण्डकीका दुई हजार २१ जना, प्रदेश नम्बर ५ का दुई हजार पाँच सय ८१ जना, र सुदूरपश्चिमका तीन सय ९४ जना स्वदेश फर्केका छन् । सरकारले केन्द्रलाई दिएको अधिकार अनुरुप विदेशबाट फर्किएकालाई उपत्यकाको होल्डिङ सेन्टरमा राखिने र आवश्यक प्रक्रिया पूरा गरे पछि आ—आफ्ना प्रदेशमा पठाउने व्यवस्थाअनुरुप प्रदेशमा पठाएको हो ।

केन्द्रका अनुसार प्रदेशमा पठाइएकामध्ये हेटले क्वारेन्टाइनमा आठ सय ४५ जना, होम क्वारेन्टाइनमा दुई हजार ६९ जना र लोकल क्वारेन्टाइनमा दुई हजार १० जना जना राखिएको छ । यस्तै ३३ जना अस्पतालमा र अन्य स्थानमा ११ जना राखिएको छ । सरकारले विदेशबाट उद्धार गरेर ल्याएका नागरिकहरुलाई विमानस्थलबाट सोझै उपत्यकाको तीन जिल्ला अर्थात् काठमाडौं, ललितपुर र भक्तपुरको होल्डिङ सेन्टरमा राखिने र त्यसपछि सम्वन्धित प्रदेशको क्वारेन्टाइनमा लैजाने सम्वन्धित पक्षलाई निर्देशन दिएको छ । केन्द्रका अनुसार उनीहरुलाई उपत्यकामा रहेको होल्डिङ सेन्टरमा स्वास्थ्य चेकजाँचपछि आवश्यकता अनुसार प्रेदश वा अस्पतालमा लैजाने व्यवस्था गरिएको छ ।

त्यसैगरी भारततर्फका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकको संख्या एकहजार एक सय ३१ जना रहेको छ जसमध्ये प्रदेश नं १ का ८८ जना, प्रदेश नं २ का एक सय ४० जना, प्रदेश नं ५ का छ सय ३३ जना र सुदुर पश्चिम प्रदेशका दुई सय ७० जना रहेका छन् । त्यसैगरी भारत तथा तेस्रो मुलुकबाट स्वदेश फर्किएका नागरिकहरुलाई सरकारले होम, क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइनलगायतको व्यवस्था गरेसँगै उनीहरु क्वारेन्टाइनमा बसेका केन्द्रले जनाएको छ ।

जसमध्ये प्रदेश नं १ मा दुई हजार सात सय ८७ जना, प्रदेश नं २ का तीन हजार पाँच सय १० जना, बाग्मति प्रदेश दुई हजार ८४ जना, गण्डकी प्रदेशका चार हजार नौ सय २४ जना, प्रदेश नं ५ का आठ हजार तीन सय ३८ जना , कर्णाली प्रदेशका तीन हजार चार सय २२ जना र सुदूरपश्चिम प्रदेशका १० हजार चार सय सात जना क्वारेन्टाइनमा बसेका छन् । भारततर्फका सीमानाकाबाट नेपाल आएका नागरिकहरुलाई भने प्रदेश र स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

केन्द्रले प्रदेश गएकाहरुमध्ये कति नागरिक आफनो परिवारमा पुगे भन्ने विषयमा भने कुनै जानकारी नरहेको बताएको छ । केन्द्रले उद्धारको क्रममा म्यानमार, माल्दिभ्स, सिंगापुर, हङकङ, श्रीलंका, बंगलादेश, अफगानस्तिाान, मलेसिया तथा खाडीका राष्ट्हरु साउदी अरब, कतार, संयुक्त अरब इमिरेटस (यएई), कुवेत, ओमानका साथै जापान, दक्षिण कोरिया, अष्टेलिया, कम्बोडियामा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याएको हो । विदेशबाट चार्टर उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो भने सोको जिम्मेवारी भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिएको छ । उद्धारको नाममा पर्यटन मन्त्रालयले चर्को भाडादर असुल गरेसँगै भने स्वयं विदेशस्थित नेपाली नियोगहरुले चार्टर्ड उडानको व्यवस्था गरी अलपत्र परेकालाई स्वदेश ल्याएको छ ।

सरकारले विदेशबाट फर्किएकाहरुको व्यवस्थापनको लागि मन्त्रिमण्डलका सात सदस्य, सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा स्थानीय तहलाई समेत जिम्मेवारी दिएको छ । सरकारले यसरी विदेशबाट ल्याएका नागरिकलाई सुरक्षित साथ परिवारसम्म पु-याउने प्रक्रिया निर्माण गरे पनि त्यसको कार्यान्वयन भने अत्यन्त फितलो हुदाँ स्वदेश फर्किएका नागरिकहरुले असहज समस्याहरु भोग्नुपरेको छ । सरकारले विदेशमा रहेका नागरिक उद्धारको क्रममा पहिलो चरणमा जेठ २१ गते मलेसियामा रहेको एक जना नागरिकलाई स्वदेश ल्याएको थियो ।

त्यसैगरी माल्दिभ्स र खाडी राष्ट्मा ज्यान गुमाएका नेपालीहरुको ९९ वटा शव स्वदेश ल्याएको केन्द्रले जनाएको छ । जसमध्ये कतारबाट ३२ वटा, मलेसियाबाट ३१ वटा, साउदी अरबबाट १८ वटा, कुवेतबाट आठवटा, संयुक्त अरब इमिरेट्स (युएई)बाट पाँचवटा, बहराइनबाट तीनवटा र माल्दिभ्स र ओमानबाट क्रमशः एक-एक वटा शव स्वदेश ल्याएको छ । वैदेशिक रोजगारीको गन्तव्य मुलुकको रुपमा रहेका खाडी मुलुकहरु कामदारहरुको लागि सुरक्षित नहुदाँ नेपालीहरुले ज्यान गुमाउनुपरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया