ईभा नेपालको शुभकामना आदानप्रदान
काठमाडौं । पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघ (ईभा नेपाल), काठमाडौंले विजयादशमी, दीपावली, छठ र नेपाल संवत् ११४५को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद सुनिल केसीले हालैको बाढी, पहिरो र डुबानबाट धेरै ठाउँमा जनधनको क्षति भएको र केही ठाउँका पार्टी प्यालेस व्यवसायीहरू पनि प्रभावित भएकाले सबै मिलेर समस्या समाधान गर्न आग्रह गरे । चाडपर्वमा हुने विभिन्न कार्यक्रमले सबै व्यवसायीलाई एक ठाउँमा उभिएर काम गर्न थप प्रेरित गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिए । कार्यक्रममा विशेष अतिथि नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यले चाडपर्वले सबै व्यवसायीलाई एक भई काम गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष अरुणशंकर वैद्यले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले वर्षाले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीलाई पनि क्षति पुगेको अवस्थामा एक भई काम गर्नुको विकल्प नरहेको भन्दै सबै व्यवसायीलाई चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरे ।
कार्यक्रमका सभापति ईभा नेपालका अध्यक्ष उत्तमप्रकाश शर्माले असोज ११ र १२ गते देशभर गएको बाढी, पहिरो र डुबानबाट भएको दुःखद् क्षतिका बाबजुद पूर्वनिर्धारित कार्यक्रम भएकाले शुभकामना आदानप्रदान कार्यक्रम गरिएको प्रस्ट पारे । उनले केही ठाउँका पार्टीप्यालेसहरू बाढी, पहिरो र डुबानबाट प्रभावित भएको र समस्यामा परेका व्यवसायीलाई हौसला प्रदान गर्ने कुनै पनि काम गर्न ईभा नेपाल तयार रहेको बताए ।
कार्यक्रमको सञ्चालन इभा नेपालका महासचिव हरि पुडासैनीले गरेका थिए । यस्तै, ईभा नेपालका कोषाध्यक्ष सुवास रिमालले शुभकामना आदानप्रदान कार्यक्रमकोे संयोजन गरेका थिए । कार्यक्रममा महासंघका महासचिव हिमकिशोर राई, महासंघका उपाध्यक्ष राजु महर्जन, सचिव प्रेमकुमार बर्मा र इभा नेपालका पूर्वअध्यक्ष अनिल शर्मा, काभ्रे जिल्ला संघका अध्यक्ष शिवप्रसाद तिमिल्सिना, भक्तपुर जिल्ला संघका सहसचिव मोहनलाल श्रेष्ठ, कार्की ब्याङ्क्वेटका सञ्चालक दिलबहादुर कार्कीलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण
- ‘नेपालमा सहरीकरणको समस्या समाधानमा विश्व समुदायको ध्यानाकर्षण’
- एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया