विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति
दमौली (तनहुँ) । विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो ।
शुक्लागण्डकी–४ दुलेगौडाबाट लिलाचोकसम्मको खण्डमा धमाधम स्तरोन्नति भइरहेको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उनले तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले निरन्तर अनुगमन गरिरहेको राससलाई बताए ।
नगरप्रमुख पण्डितले भने, “नगरपालिकाको सबै ठूलो आयोजनाको काम सम्पन्न गर्न अनुगमनसँगै खबरदारी गरिरहेका छौँ । यो खण्ड कालोपत्रपछि यहाँका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।”
यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले २०८० साल चैत २५ गते सम्झौता गरेको थियो । विश्व बैंकको सहयोग र सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना ९एनयुजिआइपी०अन्तर्गत उक्त मोटरमार्ग सात दशमलव एक किलोमिटर दूरी कालोपत्र गर्न थालिएको नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईले जानकारी दिए । उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ ।
उनले भने, “१५ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको छ । नगरपालिकाले यो सडकलाई नगर गौरवको आयोजनाका रूपमा छनोट गरेको थियो ।”
भट्टराईका अनुसार शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्छ । “उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ”, उनले भने, “उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ भने अन्य ठाउँमा नालासहितको कालोपत्र हुनेछ ।”
दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ पाँच दशमलव पाँच मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक–एक मिटरको नाला निर्माण हुनेछ ।
शुक्लागण्डकी–४ दुलेगौडाबाट शुक्लागण्डकी–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ ।
यसैगरी विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिलाई तीव्र पारिएको छ । यो सडकले व्यास– ७, ९, १० र ११ जोड्छ । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डअन्तर्गत १० दशमलव ५५ किमी दूरी कालोपत्र हुनेछ । उक्त सडक स्तरोन्नति गर्न गत वैशाख १६ गते निर्माण कम्पनीसँग ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ म सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद २०८२ साल असारसम्म रहेको छ ।
दश मलमलव ५५ किमी उक्त खण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उक्त सडकले व्यास–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास–९ कुमालगाउँ, व्यास–७ समता स्कुल, कलेस्तीलगायत ठाउँ जोड्नेछ ।
क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया