गत वर्षको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने अनुमान
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले गत आर्थिक वर्षको चौथो त्रैमासमा आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अवधिको तुलनामा आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको हो ।
चौथो त्रैमासमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन् । यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको वृद्धि, यातायात, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ गएको बताइएको छ ।
कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा एक प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । यसो हुनमा भने औद्योगिक क्षेत्रमा आएको सुधार रहेकोे बताइएको छ । समीक्षा अवधिमा कृषि, वन र मत्स्य क्षेत्र तीन दशमलव दुई प्रतिशत, खानी तथा उत्खनन क्षेत्र तीन दशमलव तीन प्रतिशत, उत्पादन क्षेत्र एक दशमलव एक प्रतिशत, खानेपानी र फोहोर व्यवस्थापन क्षेत्र एक दशमलव सात प्रतिशत, होलसेल र खुद्रा र सवारीसाधन मर्मत सम्भार क्षेत्र दुई प्रतिशत, यातायात र भण्डारण १० दशमलव नौ प्रतिशत, अतिथ्य र खाना सेवा क्षेत्र १२ दशमलव तीन प्रतिशत, वित्त र बीमा क्षेत्र छ दशमलव दुई प्रतिशत, घरजग्गा क्षेत्र तीन प्रतिशत, व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्र तीन दशमलव तीन प्रतिशत, प्रशासन र सेवा क्षेत्र पाँच दशमलव आठ प्रतिशत, जनप्रशासन र सुरक्षा तथा सामाजिक सुरक्षा १० दशमलव आठ प्रतिशत, शिक्षा क्षेत्र दुई दशमलव नौ प्रतिशत, मानव स्वास्थ्य र सामाजिक कार्य तीन दशमलव आठ प्रतिशत र अन्य सेवा क्षेत्र चार दशमलव चार प्रतिशतले वृद्धिदर रहने अनुमान गरिएको छ । ऋणत्मक वृद्धिदरमा भने विद्युत् ग्यास, वाफ र एयर कन्डिसनिङ क्षेत्र तीन दशमलव छ प्रतिशत, निर्माण १३ दशमलव चार प्रतिशत र सुचना र सञ्चार क्षेत्र एक दशमलव छ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ ।
मौसमी प्रभाव समायोजित तेस्रो त्रैमासिक अवधिको तुलनामा चौथो त्रैमासिक अवधिमा कुल १८ वटामध्ये १६ वटा औद्योगिक क्षेत्रको उत्पादन बढेको देखिन्छ भने दुईवटा औद्योगिक क्षेत्रको उत्पादन घटेको देखिन्छ । खानी तथा उत्खनन् क्षेत्रमा सबैभन्दा बढी २३ दशमलव चार प्रतिशत वृद्धि हुने र यो क्षेत्रलाई पछयाउँदै विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान गरिएको छ । यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर नगण्य रुपमा शून्य दशमल एक प्रतिशत रहेको छ ।
उत्पादन क्षेत्रको तीन दशमलव छ प्रतिशत, विद्युत्, ग्यास, वाफा र ‘एयर कन्डिसिङ’ चार दशमलव दुई प्रतिशत, खानेपानी र फोहोरमैला व्यवस्थापन शून्य दशमलव पाँच प्रतिशत, होलसेल तथा खुद्रा व्यापार, सवारीसाधन मर्मतसम्भार तीन दशमलव पाँच प्रतिशत, अतिथ्य र खाना सेवा एक दशमलव आठ प्रतिशत, वित्त तथा बीमा क्षेत्र तीन दशमलव चार प्रतिशत, घरजग्गा शून्य दशमलव एक प्रतिशत, व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्र शून्य दशमलव सात प्रतिशत, प्रशासन र सहयोग सेवा क्षेत्र एक दशमलव तीन प्रतिशत, जनप्रशासना र सुरक्षा तथा सामाजिक सुरक्षा क्षेत्र एक दशमलव सात प्रतिशत र अन्य सेवा क्षेत्रहरू शून्य दशमलव छ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ ।
मौसमी प्रभाव समायोजित तेस्रो त्रैमासिक अवधिको तुलनामा चौथो त्रैमासिक अवधिमा ऋणात्मक वृद्धि हुने दुईवटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै सूचना तथा प्रविधि र यातायात तथा गोदामा क्षेत्र रहेको छ भने जसको ऋणात्मक वृद्धिदर क्रमशः चार दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहेको छ । सरकारले कर्जा विस्तारमा ध्यान दिएको भए आर्थिक वृद्धिदरमा अझै सुधार गर्न सकिने अर्थविद् केशव आचार्यले बताए । सरकारले लगानी बढाउने नीति लिन नसक्दा आर्थिक वृदिदर खुम्चिन पुगको हो, उनले भने, ‘सरकारले लगानी बढाउँदै युवाहरूलाई स्वरोजर हुने अवसर दिएमा अर्थतन्त्र राम्रो बनाउन सम्भव रहेको छ ।’ सरकारले कृषि, वन लगायतका क्षेत्रमा कर्जा विस्तार गर्न नसकेको विज्ञहरू बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्न आयोगको निर्देशन
- कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन
- काठमाडौँको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाइँदै
- वर्तमान सरकारसँग जनताले विकासका विषयमा धेरै अपेक्षा गरेका छन्’
- लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह
- आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने
- फुडमान्डु वानमार्टको शुभारम्भ
- लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा हमाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया