Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरी सङ्गठनको श्रीवृद्धिका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूको सहयोग र सक्रियता आवश्यक छ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूको सहयोग र सक्रियता आवश्यक छ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री


काठमाडौं, असार २६
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थलाई त्यागेर प्रहरी संगठनको हितका लागि संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना सबै एकजुट भई कार्यान्वयन गर्दै संगठनको श्रीवृद्धि गर्नका लागि सम्पूर्ण प्रहरी कर्मचारीको सहयोग र सक्रियता आवश्यक रहेको बताउएका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीलेउक्त कुरा बताएका हुन् ।

समस्याबाट भागेर होइन समस्यासँग जुधेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले वर्तमान अवस्थामा नेपाल प्रहरीका सामु रहेका विविध चुनौतीहरू समाधानका लागि सबै प्रहरी कर्मचारीहरूलाई पूर्ण सहयोगीको रूपमा प्रस्तुत हुन आग्रह गरे । आउँदा दिनमा कुनै पनि प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन ऐन कानुनमा निर्दिष्ट एवं वरिष्ठता तथा तथ्याङ्कको आधारमा हुने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा उनले जोड दिए । साथै त्यसका लागि सुपरीवेक्षण तहमा खटिने प्रहरी अधिकृतहरू समेतले उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रहरी, प्रहरीजस्तै हुनुपर्छ तर विनम्र पनि हुनुपर्ने हुन्छ भन्ने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो व्यवहारलाई सुधार गर्दै संगठनको सुधारका लागि ऐन, नियमको परिधिमा रहेर सबै प्रहरी कर्मचारीहरू एक्यबद्ध भई अगाडि बढ्नुपर्ने बताए । साथै प्रहरी कर्मचारीहरूको वृत्तिविकास एवं कल्याणकारी योजनाहरूका बारेमा संगठन सदैव क्रियाशील रहेको उनले उल्लेख गरे ।

प्रहरी कर्मचारीहरू व्यावसायिकरूपमा व्यस्त हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यालय प्रमुखहरूले आफ्नो मातहतका प्रहरी कर्मचारीहरूको दैनिक कार्य सञ्चालन तथा वृत्तिविकासप्रति संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरे । संगठनले लिएको उद्देश्य पूरा गर्न प्रत्येक प्रहरी कर्मचारीहरू मानसिक एवं शारीरिकरूपमा स्वस्थ्य हुनुपर्ने उल्लेख गर्दै व्यावसायिकरूपमा व्यस्त भए पनि आफ्नो परिवारलाई समय दिन सकेमा प्रहरी कर्मचारीहरू मानसिक रूपमा स्वास्थ्य हुनसक्ने विचार उनले व्यक्त गरे ।

देश र नागिरकका खातिर आफ्नो कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्नुहुने वीर अमर प्रहरीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलामा घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको हितका लागि अग्रज प्रहरीहरूले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया