Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगणेशमान सिंह फाउन्डेसनद्वारा प्रजातन्त्रका सेनानीहरुलाई कदरपत्र प्रदान

गणेशमान सिंह फाउन्डेसनद्वारा प्रजातन्त्रका सेनानीहरुलाई कदरपत्र प्रदान


काठमाडौं, असार २८
गणेशमान सिंह फाउण्डेसनले प्रजातन्त्र प्राप्तिका लागि जीवनभर समर्पित रहेका ११ जना प्रजातन्त्रका सेनानीहरुलाई कदरपत्र प्रदान गरेको छ । फाउन्डेसनले त्यसरी कदरपत्र प्रदान गरेका व्यक्तिहरुमा माथवरसिंह बस्नेत, शिवगोपाल रिजाल, रेवतीरमण सुवेदी, श्रीपतिदास जोशी, भरत उप्रेती, राजेन्द्र खरेल, गोपालदास बादे श्रेष्ठ, श्यामलाल श्रेष्ठ, अन्जुु बस्याल, प्रदिपमान श्रेष्ठ र सानुु मानन्धर रहेका छन् ।

उनीहरुलाई प्रदान गरिएको कदरपत्रमा भनिएको छ, ‘नेपालमा प्रजातन्त्र स्थापना एवं संवद्र्धनका निम्ति भएका क्रान्ति, संघर्ष, सत्याग्रह र जनआन्दोलनमा सक्रिय सहभागी भई सत्य, निष्ठा, त्याग र लोकहितका निम्ति जीवनभर समर्पित रही आदर्श स्थापित गर्नुुभएकाले गणेशमानसिंह फाउन्डेसन यहाँको उच्च मूल्यांकन गर्दै यो कदरपत्र प्रदान गर्दछ ।’

फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंह, महासचिव धनेन्द्र पुरुष ढकाल र कार्यक्रम संयोजक प्रकाशमान सिंहद्वारा हस्ताक्षरित कदरपत्रमा अगाडि भनिएको छ, ‘नेपालको नयाँ पुस्ताले अवश्यमेव प्रेरणा लिनेछन् ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया