Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ


काठमाडौं, असार २८
बैंकिङ कसुर मुद्दाका फरार दुुई प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ ताम्सिपाखा बस्ने ४८ वर्षीय सुनिता चित्रकार र काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् ।

प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर अदालतले गरेको थियो । सोहीअनुरुप २०७६ फागुन २६ गते उच्च अदालत पाटनबाट सुनितालाई तीन दिन कैद र छ लाख ५० हजार रुपैयाँ जरिवाना तथा मनोजलाललाई सात दिन कैद र १० लाख रुपैयाँ जरिवाना सजाय हुने फैसला भएको थियो ।

अदालतको फैसलापछि उक्त सजाय बेरुजु रही फरार रहेका उनीहरुमध्ये सुनितालाई बिहीबार लुकीछिपी बसिरहेको अवस्थामा स्वयम्भूबाट र मनोजलाललाई शुक्रबार रविभवन काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए । दुवै जनालाई फैसला कार्यान्वयनको लागि शुक्रबारै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रवक्ता पाण्डेले बताए । उनीहरुविरुद्ध विकास कार्कीले जाहेरी दिएपछि उच्च अदालत पाटनले सजाय सुनाएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया