Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमलेसियाबाट नेपालीलाई उद्धार गरिने पहिलो चरणका उडान कार्यक्रम सम्पन्न

मलेसियाबाट नेपालीलाई उद्धार गरिने पहिलो चरणका उडान कार्यक्रम सम्पन्न


काठमाडौं, असार २९
नेपाली राजदूतावास, क्वालालम्पुरले कोभिड १९ को कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजीकरण गर्न सञ्चालन भएका पहिलो चरणका उडानहरू सम्पन्न भएको जनाएको छ । १८ जुन २०२० मा पहिलो उद्धार उडान क्वालापलम्पुरबाट भएको थियो । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्दो एयरका फिलिपिन्सबाट समेत गरी २१ वटा उडानमार्फत तीन हजार तीन सय २२ जना नागरिकहरू नेपाल फर्किएको दूतावासले जनाएको छ ।

उक्त उडानहरूमार्फत मलेसियाबाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट एक सय नौ जना तथा हङकङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनमा रहेका नेपालीहरू समेत नेपाल फर्किएका छन् । फिलिपिन्समा अलपत्र परेका एक सय ८ जना नेपाली नागरिकहरूसहित हिमालय एयरलाइन्स आइतबार नेपाल फर्किएको छ ।

क्वालालम्पुरबाट भएका उडानहरूबाट मलेसियाको विभिन्न जेलरडिटेन्सन केन्द्रहरूमा रहेका ६९ जना नेपाली नागरिकहरू समेत नेपाल फर्किएको छन् । यसैगरी यी उडानहरूबाट ३९ वटा शवहरू समेत नेपाल ल्याइएको दूतावासले जनाएको छ । पहिलो चरणको उडानहरूको सहजीकरण गर्ने नेपाल, मलेसिया तथा अन्य मुलुकमा रहेका नेपालीहरूलाई राजदूतावास धन्यवाद समेत दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया