Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१७ हजार कोरोना सङ्क्रमित

१७ हजार कोरोना सङ्क्रमित


काठमाडौं, असार ३१
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ । अहिलेसम्म कूल सङ्क्रमितको ६०.५३ प्रतिशत कोरोना जितेर ‘डिस्चार्ज’ भएका छन् । कोरोनालाई परास्त गरेर घर फर्कनको सङ्ख्या १० हजार ३ सय २८ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १० जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या शून्य छ । वागमती प्रदेशमा नौ, सुदूरपश्चिम प्रदेशमा छ, गण्डकी प्रदेशमा पाँच तथा प्रदेश नं २ र कर्णाली प्रदेशमा चार÷चार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साढे छ हजारभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित उपचाररत रहेका छन् । पछिल्लो समय कोरोनाको सङ्क्रमण दरमा केही कमी आउनाका साथै कोरोना मुक्त भएर घर फर्कनेको सङ्ख्या बढेको भए पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर कुल छ हजार ६ सय ९५ सक्रिय सङ्क्रमित उपचारत छन् । अहिले सबैभन्दा कम प्रदेश नं १ मा १ सय ७१ र बढी सुदूरपश्चिम प्रदेशमा दुई हजार ५ सय २३ सक्रिय सङ्क्रमित उपचाररत छन् ।

यसैगरी प्रदेश नं २ मा एक हजार ९०७, प्रदेश नं ५ मा ७ सय ४६, गण्डकी प्रदेशमा ५ सय २, वाग्मती प्रदेशमा ४ सय ५६ र कर्णाली प्रदेशमा ३ सय ७२ सङ्क्रमित आइसोलेशनमा रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । महोत्तरी, रौतहट, कैलाली र बाजुरामा अझै पनि ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला कोरोना मुक्त भएका छन् । अहिले पनि २४ हजार ७ सय १६ जना क्वारेन्टाइनमा छन् ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छ हजार २ सय १९ र सबैभन्दा कम कर्णाली प्रदेशमा एक हजार ८ सय २१ जना क्वारेन्टिनमा रहेको प्रवक्ता प्राडा गौतमले जानकारी दिए । प्रदेश नं १ मा तीन हजार १ सय ४३, प्रदेश नं २ मा तीन हजार १ सय ६, वाग्मती प्रदेशमा एक हजार ९ सय ८८, गण्डकी प्रदेशमा तीन हजार ९ सय १३ र प्रदेश नं ५ मा चार हजार ५ सय २६ क्वारेन्टाइनमा बसिरहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया