Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरका फरार अभियुक्त सिलवाल पक्राउ

बैंकिङ कसुरका फरार अभियुक्त सिलवाल पक्राउ


काठमाडौं, साउन ५
बैंकिङ कसुरका फरार अभियुक्त मधुुसुदन सिलवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरको अभियोगमा लामो समयदेखि फरार रहेका अभियुक्त सिलवाललाई काठमाडौंको बानेश्वरबाट आइतबार साँझ पक्राउ गरेको हो । तत्कालीन समयमा सिद्धार्थ डेभलमेन्ट बैंकका सञ्चालक समेतका रहेका सिलवाल जम्को बैंकिङ कसुरका अभियुक्त किसोर ढकान, तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीसहितका व्यक्तिहरुको व्यावसायिक साझेदार समेत रहेको स्रोतले बताएको छ ।

जम्को प्रकाशनसम्बन्धी मुुद्दामा देवकी बस्ताकोटी ढकाल, कमल ज्ञवालीलगायतका व्यक्तिहरु पक्राउ परेपछि सिलवाल भने लामो समयदेखि फरार रहेका थिए । उनलाई बानेश्वरबाट पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबी स्रोतले बताएको छ । बैंकिङ कसुरमा उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवाना सुनाएको थियो । उनी फैसलापछि फरार रहेकामा आइतबार पक्राउ परेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया