काठमाडौं, पुस ६
गत मंगलबार नेपाल राष्ट्र बैंकको गुुनासो सुुनुुवाइ समितिको बैठकमा उपस्थित एक गुनासोकर्ताले आफूले लगाइराखेको थांग्नो कोट कैलाश विकास बैंकका सीईओ अमृतचरण श्रेष्ठ र डेपुुटी सीईओ तारा मानन्धरलाई उपहार दिएपछि बैठकमा सन्नाटा छाएको थियो । झम्ल्यांग कपाल पालेका पोखराका कैलाश विकास बैंकमा ऋणीले बाबुुछोरीको संयुक्त नाममा कर्जा स्वीकृत गराएका रहेछन् र चेकमा दुुईमध्ये एकको हस्ताक्षर पुुग्ने भनिएको रहेछ । कर्जाको लिमिट स्वीकृत गरिदिएपछि छोरीचाहिँको हस्ताक्षरमा करोडौं रुपैयाँ कर्जा प्रवाह भएछ । बैंकले सो कुरा बाबुुचाहिँलाई जानकारी नै दिएनछ । उनी आफ्नै सुरमा अब जे जति कर्जा छ, त्यो चुक्ता गर्न बैंक जाने तयारी गर्दै थिए । तर बैंकले कर्जा तिर्न चिठी पठाएछ । उनी बैंकमा जाँदा करोडौं रुपैयाँ कर्जा लिएको देखाइएको छ ।
ऋणीले आफूले त्यति धेरै कर्जा नलिएको जिकिर गरेछन् । तर बैंकले उनको छोरीले चेक साटेर लगेको जवाफ दिएछन् र कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने बताएछन् । त्यसपछि ऋणी न्यायको लागि राष्ट्र बैंकलाई गुुहार्न पुगेछन् । बाबुछोरी दुई जनाको नाममा कर्जा स्वीकृत गरेपछि छोरीचाहिँले खुुरुखुुरु रकम निकालेर आफ्नो केटो साथीलाई दिएकी रहिछन् र अन्त्यमा बाबुचाहिँ कर्जा चुक्ता गर्न नसक्ने अवस्थामा पुुगेका रहेछन् ।
नेपाल राष्ट्र बैंकमा त्यस्ता ऋणीले निवेदन दिनसक्ने व्यवस्था गरिएको छ र डेपुुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गुुनासो सुुनुुवाइ समिति नै बनाइएको छ । पोखराका तीन ऋणीले पनि त्यहाँ निवेदन दिएका थिए र गत मंगलबार बैंकका सीईओ तारा मानन्धरलाई समेत बोलाएर उजुरीकर्ता पीडित ऋणीसँग छलफल गराइएको थियो ।
सो मिटिङमा बैंकको बदमासीले डुुबेको ऋणीले मेरो सबै सम्पत्ति हडपेर खानुुभयो । अब मसँग यो थांग्नो कोटबाहेक केही छैन, यो पनि तपाईंहरु दुुई जना एउटा बाहुलामा सीईओ सापले हात घुुसार्नुुहोस्, अर्को बाहुुलामा डेपुुटी सीईओ सापले हात घुुसार्नुुहोस् । वा त्यसो गर्दा अप्ठ्यारो भए पालैपालो लगाउनुहोस् भन्दै आफूले लगाइरहेको थोत्रो कोट फुकालेर कैलाश विकास बैंकका सीईओ अमृत चरण श्रेष्ठलाई दिएका थिए । भावुुकरुपमा प्रस्तुुत भएका ऋणीको उक्त व्यवहारपछि बैठकमा सहभागी सबैमा सन्नाटा छाएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया