Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऊर्जामा लगानी घट्यो

ऊर्जामा लगानी घट्यो


काठमाडौं, पुस ६
नेपाली उद्योगीहरुले मुलुकको ऊर्जा क्षेत्रमा गर्नेे लगानीमा कमी आएको छ । उनीहरुले चालू आर्थिक वर्ष (२०७६/०७७) को पाँच महिना अर्थात् साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा मुलुकको ऊर्जा उद्योगमा ४९ अर्ब ९५ करोड ९९ लाख रुपैयाँ लगानी गर्ने बताएका छन् ।उद्योग विभागका अनुसार नेपाली उद्योगीहरुले नेपालको जलविद्युत् क्षेत्रमा २२ वटा जलविद्युत् गृह निर्माण तथा आठ सय १९ जनालाई रोजगारीसहित सो लगानी प्रतिबद्धता जनाएका हुन् ।

जुन गत आवको तुलनामा सात अर्ब ७६ करोड ४८ लाखले कमी हो । गत आवको सोही समय अर्थात् साउनदेखि मंसिर मसान्तसम्मा स्वदेशी उद्योगीहरुले ऊर्जा क्षेत्रमा ५७ अर्ब ७२ करोड ४७ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । लगानीकर्ताहरुले सो लगानी नौवटा हाइड्रो स्थापना तथा चार सय ६८ जनालाई रोजगारी दिने समेत बताएका थिए ।

विभागका अनुसार स्वदेशी व्यवसायीहरुले जुरिम्वा हाइड्रो स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएका छन् । व्यवसायीहरुले सिन्धुपाल्चोकमा स्थापना गरिने सो हाइड्रोमा एक अर्ब ७२ करोड ३९ लाख लगानी प्रतिबद्धता जनाएका छन् । सात दशमलव ६३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो हाइड्रोबाट उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी गोपाल कुमार तण्डुकारले ६६ करोड ३९ लाख ५० हजार लगानी गर्ने भन्दै अम्बे हाइड्रो नामक ऊर्जा कम्पनी विभागमा दर्ता गराएका छन् । तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो हाइड्रोबाट उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाएको छ ।

व्यवसायी हिमाल गुरुङले ९७ करोड लगानी गर्ने भन्दै विभागमा हिम पर्वत हाइड्रो प्रालि शाखा उद्योग १ दर्ता गराएका छन् । ५ दशमलव ५ मेगावाट क्षमताको सो हाइड्रोबाट उत्पादित विद्युत् ५० केभीए प्रसारणलाइनमार्फत वितरण गरिने जनाइएको छ । व्यवसायीहरुले विद्युत् उत्पादन गर्ने भन्दै फस्र्ट सोलार डेभलपर्स प्रालि विभागमा दर्ता गराएका छन् । ४५ करोड ७२ लाख रुपैयाँ लगानी गर्ने भनिएको सो सौर्य ऊर्जाको क्षमता नौ मेगावाट रहेको छ भने उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने समेत जनाइएको छ ।

रवि इन्भेष्टमेन्ट प्रालि र मनिप्लान्ट इन्भेष्टमेन्ट प्रालिले क्रमशः साझा पावर डेभलपमेन्ट र मादमे खोला हाइड्रोपावर प्रालि नामक ऊर्जा विभागमा दर्ता गराएका छन् । रविले तीन अर्ब ५१ करोड ८७ लाख तथा मनिप्लान्टले तीन अर्ब ६१ करोड ३४ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका ती उद्योगबाट क्रमशः २० मेगावाट र २४ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य व्यवसायीहरुले लिएका छन् । उत्पादित बिजुली क्रमशः १०० केभीए र ३०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी इन्दिरा पन्तले दोलखा बिगु ८ मा कालिञ्चोक हाइड्रो स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएकी छिन् । ८५ करोड ८० लाख रुपैयाँ लगानी रहने सो हाइड्रोको क्षमता पाँच मेगावाट रहेको भने हाइड्रोबाट उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी डिल्लीराम अर्यालले आरती पावर कम्पनी स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएका छन् । दुई अर्ब ६० करोड २२ लाख लगानी रहने सो हाइड्रोको क्षमता १४ दशमलव ५ मेगावाट रहेको छ भने हाइड्रोबाट उत्पादित बिजुली २०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ । व्यवसायीहरुले विभागमा चिसाड्रग हाइड्रो प्रालि दर्ता गराएका छन् । ३० करोड ४५ लाख पाँच हजार लगानी रहने सो हाइड्रोको क्षमता १ दशमलव ८ मेगावाट रहेको छ भने हाइड्रोबाट उत्पादित बिजुली ३० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी विद्यालक्ष्मी लामिछानेले हाइड्रो कनेक्सन प्रालि विभागमा दर्ता गराएकी छिन् । तीन अर्ब १२ करोड ४५ लाख लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रोका क्षमता १८ मेगावाट रहेको छ भने उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ । ६८ जनालाई रोजगारी दिने प्रतिबद्धता समेत व्यवसायी लामिछानेले गरेकी छिन् । व्यवसायीहरुले माउण्ट रसुवा हाइडो प्रालि विभागमा दर्ता गराएका छन् । तीन अर्ब १६ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रो क्षमता १६ मेगावाटको रहने जनाइएको छ भने उत्पादित विद्युत् १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने लक्ष्य राखिएको छ ।

व्यवसायीहरुले बारपाक दरौंदी हाइडो प्रालि विभागमा दर्ता गराएका छन् । एक अर्ब ६९ करोड ८० लाख लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रो क्षमता १० मेगावाटको रहेको छ भने २०० केभीए प्रसारणलाइनमार्फत बिजुली वितरण गर्ने जनाइएको छ । व्यवसायी भानुभक्त पोखरेलले सान्भी इनर्जी प्रालि शाखा उद्योग १ उद्योग दर्ता गराएका छन् । एक अर्ब ९० लाख लगानी रहने सो हाइड्रोको क्षमता ५ दशमलव २ मेगावाट रहेको छ भने उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी गोपाल प्रसाद निउरेले संयुक्त ऊर्जा प्रालि नामक कम्पनी विभागमा दर्ता गराएका छन् । तीन अर्ब ५३ करोड ७० लाख लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रोको क्षमता २१ दशमलव ३० मेगावाट रहेको छ भने उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ । व्यवसायी निउरेले उद्योग स्थापनासँगै २१ जनालाई रोजगारी दिने बताएका छन् । व्यवसायी जगत बहादुर पोखरेलले भिजन लुम्बिनी ऊर्जा कम्पनी विभागमा दर्ता गराएका छन् । चार अर्ब ६९ करोड ४९ लाख लगानी रहने सो हाइड्रोको क्षमता २५ मेगावाटको हुनेछ भने उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

काङ हाइड्रो कम्पनीले ताप्लेजुङमा काङ हाइड्रो स्थापना गर्ने जनाएको छ । कम्पनीले सो हाइड्रोमा तीन अर्ब ३२ करोड ५७ लाख लगानी गर्ने जनाएको छ भने हाइड्रोको क्षमता १७ दशमलब ८५ मेगावाट रहने बताइएको छ । उत्पादित बिजुली दुई सय केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने कम्पनीले जनाएको छ । मिलारोपा इनर्जी प्रालि चार अर्ब चार करोड लगानीमा सिन्धुपाल्चोकमा मिलारोपा हाइड्रो स्थापना गर्ने जनाएको छ । कुल २३.६ मेगावाट क्षमता रहेको सो हाइड्रोबाट उत्पादित बिजुली एक सय केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने बताइएको छ ।
माबिलुुङ्ग प्रालिले ८७ करोड ६० लाख लगानीमा संखुवासभामा माबिलुङ्ग हाइड्रो स्थापना गर्ने जनाएको छ । चार दशमलव ९५ मेगावाट क्षमता रहेको सो हाइड्रोबाट उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने बताइएको छ । अपर बलेफीले चार अर्ब चार करोड लगानीमा सिन्धुपाल्चोकमा अपर बलेफी हाइड्रो स्थापना गर्ने जनाएको छ । २३ दशमलव ६ मेगावाट क्षमता रहने सो हाइड्रोबाट उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने बताइएको छ ।

हाइड्रो कन्सर्नले एक अर्ब ७४ करोड १४ लाख लगानीमा रसुवामा हाइड्रो कन्सर्न हाइड्रो स्थापना गर्ने जनाएको छ । नौ मेगावाट क्षमता रहने सो हाइड्रोबाट उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने बताइएको छ । चम्पावती प्रालि र मिल्के प्रालिले क्रमशः चम्पावती हाइड्रो गोर्खामा र मिल्के हाइड्रो संखुवासभामा हाइड्रो स्थापना गर्ने जनाएको छ । उनीहरुले क्रमशः एक अर्ब ३३ करोड लगानीमा ७ मेगावाट र ९० करोड ८० लाख लगानीमा चार दशमलव ९९ मेगावाट क्षमताको हाइड्रो स्थापना गर्न लागेका हुन् ।

उत्पादित बिजुली क्रमशः ५० केभीए र एक सय केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने बताइएको छ । विभागको अनुसार व्यवसायीहरुले सिन्धुपाल्चोक, कास्की, दोलखा, कपिलवस्तु, कास्की, भोजपुर, मोरङ, सोलुखुम्बु, लमजुङ, गोर्खा, इलाम, म्याग्दी रुपन्देही गरी १३ वटा जिल्लामा हाइड्रो निर्माण गर्ने भन्दै सो लगानी प्रतिबद्धता गरेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया