Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको व्यापारघाटा १६ प्रतिशतले घट्यो

नेपालको व्यापारघाटा १६ प्रतिशतले घट्यो


प्रवीण राउत
काठमाडौं, साउन १२
पछिल्लो समय नेपालको व्यापारस्थितिमा सुधार देखिएको छ । आयातित परिमाणको मूल्य उच्च र निर्यात परिमाणको मूल्य न्यून हुँदा सधैँ मुलुकको व्यापारघाटा उच्च रहे पनि लकडाउनका कारण हवाइ र सडक यातायात अवरुद्ध हुँदा सामग्री आयातमा कमी आएपछि व्यापारघाटामा सुधार देखिएको भन्सार विभागले जनाएको छ । सवारीसाधन सञ्चालन नहुँदा अत्यधिक खपत हुने पेट्रोलियम पदार्थको आयातमा समेत कमी आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयातमा कमी देखिँदा एक आवको व्यापारघाटा सुधारोन्मुख भएको छ । त्यसैगरी व्यापारघाटामा सुधार देखिए पनि निर्याततर्फ समेत कमी भएको पाइन्छ । विभागका अनुसार गत एक आर्थिक वर्ष (२०७६/०७७) अर्थात् असार मसान्तसम्मको अवधिमा अघिल्लो आव (२०७५/०७६)को सोही अवधिको तुलनात्मक रुपमा भारतलगायत तेस्रो मुलुकसँग नेपालको व्यापारघाटामा सुधार आएको देखिन्छ ।

सो अवधिमा नेपालको भारतलगायत तेस्रो मुलुकसँगको व्यापारघाटा १६ दशमलव ७१ प्रतिशतले कमी आएको छ । गत आवको असार मसान्तसम्मको अवधिमा व्यापारघाटा ११ खर्ब ६४ करोड २३ लाख रहेकोमा अघिल्लो आवको सोहीसमयमा व्यापारघाटा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख रहेको थियो । विभागका अधिकारीहरुका अनुसार पछिल्लो समय आयातमा कमी हुँदा व्यापारघाटामा झिनो सुधार देखिएको छ । अधिकारीहरु हाल अति आवश्यक अर्थात् स्वास्थ्य सामग्री मात्र आयात भएको पाइन्छ भने अन्य सामग्रीहरु आयात हुन नसकेको बताउँछन् ।

नेपाली व्यवसायीहरुले गत आवको असार मसान्तसम्मको अवधिमा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख मूल्यबराबरको सामग्री छिमेकी मुलुक भारत, चीनलगायत तेस्रो मुलुकबाट आयात गरेका छन् । जुन अघिल्लो आवको सोही समयको तुलनामा गत आवमा १५ दशमलव ६३ प्रतिशतले आयातमा कमी हो । अघिल्लो आवमा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख मूल्यबराबरको सामग्री व्यापारीहरुले आयात गरेका विभागले जानकारी दिएको छ ।

त्यसैगरी व्यापारघाटा सुधारोन्मुख अर्थात् कमी देखिए पनि निर्यातमा समेत वृद्धि हुनसकेको छैन । गत आवको असार मसान्तसम्मको अवधिमा व्यवसायीहरुले ९६ अर्ब १५ करोड ६७ लाख रुपैयाँ मूल्यबराबरको सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा गत आवमा शून्य दशमलव ९८ प्रतिशतले कमी हो । अघिल्लो आवको सोही समयमा ९७ अर्ब १० करोड ९५ लाख मूल्यबराबरको सामग्री निर्यात भएको छ ।

यस्तै सोही अवधिमा कुल वैदेशिक व्यापार १२ खर्ब ९२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो आवको सोही समयको तुलनामा गत आवमा १४ दशमलव ६९ प्रतिशतले कमी हो । अघिल्लो आवमा नेपालको भारतलगायत तेस्रो मुलुकसँग कुल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब ६४ करोड ४८ लाख रहेको थियो । सोही अवधिमा आयातनिर्यातको सूचकांकलाई हेर्दा गत आवमा १२ दशमलव ४५ प्रतिशत र अघिल्लो आवमा १४ दशमलव ६१ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा गत आवमा आयातनिर्यात १४ दशमलव ८० प्रतिशतले कमी हो ।

त्यसैगरी कुल व्यापारमा निर्यातको सूचकांक हेर्दा अघिल्लो आवको असार मसान्तसम्मको अवधिमा ६ दशमलव ४१ प्रतिशत रहेकोमा गत आवको सोही समयमा ७ दशमलव ४४ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा गत आवको सोही अवधिमा १६ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको सोही समयमा आयातको सूचकांक ९३ दशमलव ५९ प्रतिशत रहेकोमा गत आवको सोही समयमा ९२ दशमलव ५६ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलव १० प्रतिशतले कमी हो ।

नेपाली व्यवसायीले खाद्यान्न, तरकारी, इलोक्ट्रोनिक सामग्रीलगायत मेसिनरी वस्तु तथा सवारीसाधनका पार्टपुर्जा आयात गर्ने गरेका थिए तर असामान्य परिस्थितिका कारण सो वस्तुहरु आयात हुनसकेको छैन । अर्कोतर्फ मुलुकभित्र उत्पादित खाद्यान्न तथा तरकारीजन्य वस्तुहरुले बजार पाएको छ । यसले व्यापारघाटामा कमी आएको सरोकारवालाहरुको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुलुकका विभिन्न स्थानमा उत्पादित सामग्रीहरु बिक्रीवितरण गर्दै आएको छ । यसले गर्दा आन्तरिक उत्पादनले बजार पाएको छ ।

पछिल्लो समयमा नेपालबाट चिया, अलैँची, भटमासको तेललगायतका सामग्री तथा केही समय अघिसम्म पाम आयलको निकासी भएको विभागले बताएको छ । यता नेपालको निकासी व्यापारमा प्रमुख रुपमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरल्याण्ड आदि प्रमुख छन् भने पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्तराज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुख छन् भने लकडाउनका कारण हवाइ तथा यातायात सेवा बन्द हुदाँ निकासी पैठारीमा


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया