Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबुटवल उपमहानगरद्वारा आफूखुसी कार्यविधि बनाएर कर्मचारी बढुवा

बुटवल उपमहानगरद्वारा आफूखुसी कार्यविधि बनाएर कर्मचारी बढुवा


बुटवल,साउन १४

पोसकान्त पोखरेल

स्थानीय तहहरुमा अनियमितता र मनोमानी बढ्दै गएको गुनासाहरु सुनिँदै गर्दा बुटवल उपमहानगरपालिका, रुपन्देहीले आफूखुसी कार्यविधि बनाएर कर्मचारीहरुको बढुवा गरेको खुलेको छ । मनोमानी ढंगबाट गरिएको कार्यविधि निर्माण र चालिएको प्रक्रियाले कानुनी राज्य सञ्चालन व्यवस्थालाई नै थप चुनौती दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अत्यन्त जरुरी÷गोप्य भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रअनुसार बुटवल उपमहानगरपालिकाले मनोमानी ढंगबाट कार्यविधि निर्माण गरेर कर्मचारी बढुवा गरेको खुलासा भएको हो ।

अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सुझावसम्बन्धी विषय राखी पठाएको पत्रमा आयोगको कार्यालय बुटवलमा दर्ता हुन आएको उ.द.नं.सी–०२००८३, मिति २०७६÷०९÷१८ को बुटवल उपमहानगरपालिकामा कार्यरत रहेका साबिक स्थानीय निकायका कर्मचारीहरुलाई कुनै पनि कानुनी आधार र प्रक्रियाविना नै आफूखुसी एवम् मनोमानी ढंगले कार्यविधि बनाएर २०७६ मंसिर १ गतेदेखि लागू हुने गरी तह बढुवा र ग्रेड वृद्धि गरी सरकारी कोषको दुरुपयोग गर्नुका साथै ठूलो आर्थिक भार थपिन गएको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा छानबिन हुँदा सो निर्णय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र कर्मचारी समायोजन ऐन, २०७५ मा भएका व्यवस्था समायोजन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ चैत १ मा ‘स्वतः समायोजन भएका स्थानीय तहका कर्मचारीहरुको त मिलान सम्बन्धमा’ विषय शीर्षकमा गरिएको पत्राचारको ठाडो उल्लंघन भएको देखिन्छ ।

स्थानीय तहले संघीय कानुनविपरीत हुने गरी कार्यविधि बनाई कर्मचारी बढुवा वा ग्रेड वृद्धि गर्ने कार्यले उत्पन्न हुने आर्थिक दायित्व र प्रशासनिक दण्डहीनताको अवस्था आउन नदिन कानुनविपरीतको बढुवा÷ग्रेड वृद्धि बदर गरी यसबीचमा सृजना भएको आर्थिक दायित्व सम्बन्धित पक्षबाट भराउन भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) को (ख) बमोजिम सुझाव लेखिपठाउने भनी गत असार १४ मा निर्णय भएको हुँदा निर्णयानुसार व्यवस्था गर्न गराउन अख्तियारले उक्त पत्रमा भनेको छ ।

उपमहानगरपालिकाले कार्यविधि बनाएर कर्मचारी बढुवा गरिएको कुरा जिल्लाका अधिकांश स्थानीय तहहरुका कर्मचारीहरु सबैलाई थाहा भए पनि आन्तरिक रुपमै गोप्य रहेको उक्त कार्यविधि निर्माणपछि जानकारी पाएका अन्य स्थानीय तहहरुमा कर्मचारीहरुले हलचल मच्चाएका छन् । अख्तियारको उक्त पत्र प्राप्त भएपछि अन्य स्थानीय तहको अवस्था बुझ्न आर्थिक दैनिकले जिल्लाकै एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सोधेको थियो ।

उक्त स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले भने, ‘बुटवलले कार्यविधि बनाएर कर्मचारी बढुवा ग¥यो हाम्रो किन भएन भनेर कर्मचारीहरुबाट दबाब आएको थियो । पछि समस्या पर्न सक्छ भनी कर्मचारीहरुलाई पर्ख र हेर नीति अपनाएर सम्झाएका हौँ । यो अवस्था आउन सक्छ भन्ने मलाई पहिल्यै थाहा थियो ।’उनले यसरी आफूखुसी काम गर्दै जाने हो भने राज्यको, कानुनको काम नै नभएको बताए । जनताका समस्या समाधानको लागि स्थानीय सरकार बनेको हो । तर सरकार हो भन्दैमा जसो पायो त्यसरी, जे पनि गर्न नहुने उनले बताए ।

No description available.


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया