Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार अर्बको साधारण सेयर निष्काशन अनुमति

चार अर्बको साधारण सेयर निष्काशन अनुमति


काठमाडौं,साउन १५
नेपाल धितोपत्र बोर्डले २०७७ असार मसान्तसम्म झण्डै चार अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशनको लागि अनुुमति दिएको छ । बोर्डका अनुसार यही असार २५ गतेसम्म सबै किसिमका गरी नौवटा कम्पनीहरुलाई एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी कुुल तीन अर्ब ९९ करोड ४८ लाख चार हजार रुपैयाँबराबरको तीन करोड ९९ लाख ४८ हजार चार सय कित्ता साधारण सेयर निष्काशनको लागि अनुुमति दिइएको हो ।

अनुुमति पाएकामध्ये पछिल्लोपटक एनआईसी एसिया लघुुवित्त वित्तीय संस्था, साधना लघुुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गरेका हुुन् । यी तीनवटा कम्पनीमध्ये पनि एनआईसी एसियाले सेयर बाँडफाँट गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत समेत गरिसकेको छ भने साधना लघुुवित्त सेयर बिक्री प्रक्रिया सम्पन्न गरी बाँडफाँटकै क्रममा छ । अजोड इन्स्योरेन्सको हकमा असार २९ सोमबार सेयर बिक्री कार्य बन्द हुुने कार्यतालिका छ ।

यसबाहेकका अन्य कम्पनीहरुको हकमा केही कम्पनीहरुले सेयर बिक्री कार्य सम्पन्न गरिसकेका छन् । बोर्डका अनुसार पछिल्लोपटक अर्थात् यही असार २५ गते माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख पाँच हजार चार सय रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति पाएको छ । जसमध्ये उक्त कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि १९ लाख ६८ हजार २७ र सर्वसाधारणको लागि १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति पाएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बोर्डका अनुसार यस वर्ष साधारण सेयर जारी गर्नको लागि अनुुमति पाएकामध्ये सबैभन्दा बढी सेयर नेपाल पुनर्बीमा कम्पनीले जारी गरेको थियो । उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब ६० करोड रुपैयाँबराबरको एक करोड ६० लाख कित्ता साधारण सेयर जारी गरेको थियो ।

यसबाहेक शिवश्री हाइड्रोपावर कम्पनीले ३३ करोड ५१ लाख १४ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले ३३ करोड ९८ लाख चार हजार छ सय, लिबर्टी इनर्जी कम्पनी लिमिटेडले ३७ करोड ५० लाख र युनाइटेड मार्दी एण्ड आरबी हाइड्रो पावर कम्पनीले १० करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयरको लागि अनुुमति पाएका थिए । धितोपत्र बोर्डका अनुसार चालू आवको पछिल्लो अवधिसम्ममा हकप्रद सेयरतर्फ भने ११ वटा कम्पनीहरुले चार अर्ब ४१ करोड दुुई लाख १५ हजार एक सय २५ रुपैयाँबराबरको चार करोड ४१ लाख दुुई हजार एक सय ५१ दशमलव २५ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया