Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक तोला सुनको मूल्य ९९ हजार

एक तोला सुनको मूल्य ९९ हजार


काठमाडौं, साउन १६
कोभिड १९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा निरन्तर उकालो लागि रहेको छ । सुनको मूल्य बिहीबार प्रतितोला ९९ हजार रूपैयाँ पुगेको छ । बुधबार प्रतितोला ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला पाँच सय रूपैयाँले वृद्धि भएको हो । बिहीबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९८ हजार पाँच सय ६० रूपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय २५ रूपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य बुधबारभन्दा बिहीबार प्रतितोला २० रूपैयाँले घटेको हो । कोभिड १९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार चार सय रूपैयाँले बढेर ८७ हजार रूपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १९६२।१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१।६० मा कारोबार भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया