काठमाडौं, पुुस ७
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा समुदाय प्रहरी साझेदारीअन्तर्गत ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरका विद्यार्थीहरुसँग ‘प्रहरीसँग एक दिन’ कार्यक्रम प्रहरी प्रधान कार्यालयमा आइतबार सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालयको सहकार्य तथा प्रहरी विद्यालय सम्पर्क समिति ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी उक्त स्कुलका शिक्षक तथा विद्यार्थीहरुबाट केन्द्रीय प्रहरी संग्राहलय र अमर प्रहरी स्मारकको अवलोकन भ्रमण समेत गरिएको थियो । सो अवसरमा प्रहरी प्रधान कार्यालय खेल मैदानमा प्रहरी प्रधान कार्यालय केनाईन महाशाखाबाट गरिएको ड्रिल प्रदर्शन कार्यक्रम समेत विद्यार्थीहरुले अवलोकन गरे । ड्रिल प्रदर्शनमा अपराध पुष्टी गर्न आवश्यक सबुद प्रमाणको खोजी, अपराधीको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, विष्फोटक पदार्थको खोजी तथा पहिचान, आज्ञापालन र बाधापार लगायतमा उक्त महाशाखाका तालिम प्राप्त कुकुरहरुले ड्रिल प्रदर्शन गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया