Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाप्लुमा २ करोड ७१ लाख बढी राजस्व संकलन

फाप्लुमा २ करोड ७१ लाख बढी राजस्व संकलन


महेन्द्र शाही
सोलुखुम्बु, साउन १८
बागबानी केन्द्र सोलुखुम्बुले गत आर्थिक वर्ष २०७६÷०७७ मा १० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । एक आर्थिक वर्षभित्र केन्द्रले १० लाख ७१ हजार ६ सय ३० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका सुचना अधिकारी चन्द्र फडेराले जानकारी दिए । जुन अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को भन्दा २ लाख ७१ हजार ६ सय ३० रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा केन्द्रले ८ लाख राजस्व संकलन गरेको थियो । अहिले केन्द्रले बिरुवा तथा बेर्ना उत्पादनमा उल्लेख्य प्रगति गरेकाले राजस्व संकलन बढेको उनको भनाइ छ ।

कार्यालयका अनुसार प्रतिकिलो २ सयसम्ममा बिक्री गरेको ७ सय ५१ किलो किबीबाट १ लाख ३६ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै किबीको बिरुवा बिक्रीबाट दुई लाख ४६ हजार २ सय ९० रुपैयाँ, स्याउको बिरुवा बिक्रीबाट ९६ हजार २ सय ६० रुपैयाँ तथा स्याउ फल बिक्रीबाट १ लाख ८८ हजार ५ सय ७० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै बीउ आलु बिक्रीबाट १७ हजार १ सय ९० रुपैयाँ संकलन गरेको केन्द्रले खाने आलु बिक्रीबाट १ लाख १९ हजार १ सय ४० रुपैयाँ र तरकारी तथा तरकारीको बेर्ना बिक्रीबाट २ लाख ६४ हजार २ सय ८० रुपैयाँ राजस्व संकलन गरेको छ ।

केन्द्रमा पछिल्लो समय किबी बिक्रीमा सुधार आएको छ भने स्याउको उत्पादनमा निकै गिरावट आएको बताइएको छ । बागबानी केन्द्रमा प्रशस्त मात्रामा स्याउका बिरुवा भए पनि उत्पादनमा वर्षेनी ह्रास भइरहेको बताइएको छ । जलवायु परिवर्तनको कारण स्याउको उत्पादनमा गिरावट आएको विज्ञहरुको भनाइ छ । पछिल्लो समय किबीको उत्पादनमा वृद्धि हुँदै छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया