Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसार्वजनिक गाडी र व्यवसाय सञ्चालनमा रोक

सार्वजनिक गाडी र व्यवसाय सञ्चालनमा रोक


बाँके, साउन १८
बाँकेमा आज आइतबारबाट अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचनाअनुसार शनिबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । त्यस अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

त्यसैगरी एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला र कूटनैतिक सवारी, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइने भएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्नथालेपछि बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आइतबारदेखि मंगलबारसम्म तीनदिने निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया