Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण


नयाँ दिल्ली, साउन १
भारतीय संघीय सरकारका गृहमन्त्री अमित शाहलाई कोभिड–१९ संक्रमण भएको छ । भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका मन्त्री शाहले आइतबार ट्विटरमार्फत आफूलाई कोभिड–१९ संक्रमण पुष्टि भएको बताएका हुन् ।

मन्त्री शाहले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोभिड–१९ संक्रमण परीक्षण गर्न आग्रहसमेत गरेका छन् । शाहले ट्विटमा भनेका छन्, ‘केही लक्षणहरूको आधारमा गरिएको परीक्षणले मलाई कोरोनाभाइरस संक्रमण भएको देखिएको छ । संक्रमणका बावजुद पनि मलाई अन्य शारीरिक समस्या देखिएको छैन । तर स्वास्थ्यकर्मीको सल्लाहमा म आफूलाई अस्पतालमा भर्ना गर्दै छु ।’
उनले विगत केही दिनहरुमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि तुरुन्तै एक्लै बस्न र परीक्षण गर्न आग्रह गरेका छन् । शनिबार मात्रै उत्तर प्रदेशमा मन्त्री कमला रानीको लखनउमा कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया