Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्रोत नखुलेको रकमसहित संरक्षण अधिकृत पक्राउ

स्रोत नखुलेको रकमसहित संरक्षण अधिकृत पक्राउ


काठमाडौं, साउन २०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजार रकमसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा२झ १८७३ नं.को गाडीमा यात्रा गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरूलाई सोमबार पक्राउ गरिएको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, पाँच लाख ५० हजार गरी कुल आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देहीबाट पक्राउ गरिएको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया