Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार खर्ब एक अर्ब तीन करोड रुपैयाँबराबरको भारु खरिद

चार खर्ब एक अर्ब तीन करोड रुपैयाँबराबरको भारु खरिद


काठमाडौं, साउन २७
नेपाल राष्ट्र बैंकले दुई खर्ब १९ अर्ब रुपैयाँबराबरको तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्मको अवधिमा उक्त परिमाणमा तरलता प्रवाह गरिएको हो । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी राष्ट्र बैंकको पछिल्लो ११ महिनाको प्रतिवेदनअनुसार यस अवधिमा रिपोमार्फत एक खर्ब १५ अर्ब ८७ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत एक खर्ब तीन अर्ब २८ करोड रुपैयाँ समेत गरी कुुल दुुई खर्ब १९ अर्ब १५ करोड रुपैयाँ तरलता प्रवाह गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत एक खर्ब ४१ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत एक खर्ब ४६ अर्ब २८ करोड गरी कुल दुुई खर्ब ८७ अर्ब ५७ करोड तरलता प्रवाह भएको थियो । आर्थिक वर्ष २०७६/०७७ को ११ महिनामा खुला बजार कारोबारमार्फत कुल ७८ अर्ब तरलता प्रशोचन गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर तीन अर्ब ५९ करोड खुद खरिद गरी चार खर्ब १७ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुुई अर्ब ९२ करोड खुद खरिद गरी तीन खर्ब ३० अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी चार खर्ब एक अर्ब तीन करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी चार खर्ब ७८ अर्ब १४ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो । उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७७ जेठ मसान्तमा ११ अर्ब ८२ करोड लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा नौ अर्ब ९९ करोड र निर्यात पुनर्कर्जा २२ करोड दुुई लाख उपयोग भएको छ ।

भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७७ जेठ मसान्तमा एक अर्ब ६१ करोड रहेको छ । राष्ट्र बैंकका अनुसार २०७७ जेठ मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २३ हजार तीन सय १८ ऋणीको ५१ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत पाँच हजार आठ सय ३९ ऋणीको चार अर्ब सात करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया