Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसशस्त्रका एआईजी पौडेलद्वारा पद दुरुपयोग

सशस्त्रका एआईजी पौडेलद्वारा पद दुरुपयोग


काठमाडौं, पुस ८
सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक रामशरण पौडेलले पदको दुरुपयोग गरेर आफ्नै संगठनमा कार्यरत एक प्रहरीलाई चेक चोरी गरेको आरोपमा फसाइदिने धम्की दिएका छन् । गोरखा मूल घर भएका एआईजी पौडेलले नुवाकोट तारुकाका एक व्यक्तिसँग मिलेर धादिङ घर भएका सशस्त्र प्रहरी बलमै कार्यरत एक जनालाई चेक चोरीमा फसाइदिने धम्की दिएका हुन् ।

सशस्त्रका प्रहरीले नुवाकोट तारुकाका व्यक्तिलाई पाँच लाख रुपैयाँ सापट दिएको रकम वर्षौँसम्म फिर्ता नगरेपछि चेक काट्न लगाएका थिए र उक्त चेक पनि नसाटिएपछि चेक बाउन्समा उजुरी गर्न रोक्न रकम नतिर्ने व्यक्तिको पक्षमा लागेर एआईजी पौडेलले उल्टै प्रहरीलाई फसाइदिने धम्की दिएका हुन् । सशस्त्र प्रहरीलाई यसरी लेनदेन केस हेर्ने अधिकार नै नभए पनि उनले आफ्ना फाइदाको लागि पदको दुुरुपयोग गरेर प्रहरीलाई धम्क्याएका हुन् ।

यसअघि त्यसैगरी अर्का एआईजी नारायणबाबु थापाले एक जना हवल्दारलाई कार्यालयमै हात हाल्दा उनलाई प्रचण्ड निवास बोलाएर आइन्दा त्यस्तो गल्ती नदोहो-याउन चेतावनी दिइएको थियो । नेतृत्वले बाटो बिराएको थाहा पाएपछि केही समययता सशस्त्र प्रहरी बलमा पदको दुरुपयोग गरी यस्तो अराजकता मौलाउँदै गएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया