काठमाडौं, पुस ८
प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । साइबर ह्याकिङसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानबाट ती व्यक्तिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख सहकुुल थापाले जानकारी दिएका छन् ।
थापाका अनुुसार उक्त गिरोहले शंकास्पद गतिविधि सञ्चालन गरिरहेको सूचना प्रहरीले पाएसँगै सोमबार अपराह्नदेखि सर्च अपरेसन सुरु गरिएको थियो । अपरेसनपश्चात् १ सय २२ जना चिनियाँ नागरिकहरु पक्राउ परेका हुुन् । उनीहरुलाई उपत्यकाको मनमैजुु, बाँसबारी, बूढानीलकण्ठलगायतका क्षेत्रबाट पक्राउ गरेको थापाले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौं, केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखा समेतको संयुुक्त टोलीले शंकास्पद गतिविधिमा संलग्न चिनियाँको खोजी गरेको थियो । पक्राउ परेका सबै व्यक्तिहरुलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा राखी अनुसन्धान भइरहेको अपराध महाशाखा प्रमुुख थापाले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया