Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमित कर्मचारीको सम्पूर्ण खर्च बैंक तथा फाइनान्सले व्यहोर्नुपर्ने

संक्रमित कर्मचारीको सम्पूर्ण खर्च बैंक तथा फाइनान्सले व्यहोर्नुपर्ने


सुरेश राउत
काठमाडौं, साउन ३०
नेपाल राष्ट्र बैंकले बैंकमा कार्यरत कर्मचारी र ग्राहकहरुको स्वास्थ्य समेतलाई उच्च प्राथमिकतामा राखेर वित्तीय सेवा प्रवाह गर्न निर्देशन दिएको छ । बिहीबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण जोखिम दिनदिनै बढ्दै गएको भन्दै बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

निर्देशनअनुसार कोभिड १९ को सक्रिय संक्रमित संख्या दुुई सयभन्दा बढी भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुले बढीमा ५० प्रतिशत कर्मचारीहरु मात्र कार्यालयमा आलोपालो गरी उपस्थित भई कार्यसम्पादन गर्न र बाँकी कर्मचारीले सुरक्षितरुपमा घरबाट नै काम गर्नुुपर्नेछ । सम्भव भएसम्म व्यक्तिगत भेटघाट एवं सेवा प्रवाहलाई विद्युुतीय माध्यमबाट प्रोत्साहित गर्नुुपर्नेछ । अत्यावश्यकबाहेकका सबै प्रकारका बैठक समीक्षा गोष्ठी, सामूहिक, छलफललगायतका जमघट हुुने कार्यक्रमहरु नगर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी बैंकिङ सेवा प्रवाहका क्रममा कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री फेस मास्क, स्यानिटाइजर, फेसशिल्ड, सुरक्षा प्रबन्ध (पीपीई) को अनिवार्य व्यवस्था गरी कार्यस्थलको सुरक्षामा कुुनै कमी हुुन नदिने व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कोभिडबाट संक्रमित कर्मचारीहरुलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटल आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले मिलाउने व्यवस्था कार्यान्वयनमा ल्याउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट टे«सिङमा परेका कर्मचारीहरुलाई आवश्यकताअनुसार घर वा होटलमा क्वारेन्टाइनमा सुरक्षितरुपमा राख्ने आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुुपर्नेछ । आइसोलेसन तथा क्वारेन्टाइनमा बसेका कर्मचारीहरुको पीसीआर टेस्टको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालयमा आउने व्यवस्था कार्यान्वयनमा ल्याउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक कामको लागि इलाकाबाहिर खटाएका कर्मचारी संस्थामा फर्किँदा पीसीआर परीक्षण गराउने र नतिजा नेगेटिभ आएपछि मात्र कार्यालयमा आउने व्यवस्था गर्नुुपर्नेछ । परिपत्रअनुसार कर्मचारीहरुको पीसीआर टेस्ट गराउँदा लाग्ने सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाहरु स्वयंले व्यहोर्नुुपर्नेछ । आइसोलेसनमा बसेका कर्मचारीहरुलाई आईसोलेसनमा रहने समयावधिमा तलबसहितको अतिरिक्त विदाको व्यवस्था गर्ने तथा क्वारेन्टाइनमा बसेका कर्मचारीहरुलाई क्वारेन्टाइनमा रहने समयावधिसम्मको लागि वर्क फर्म होमको व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यीबाहेक कर्मचारीहरुको हाजिरीमा विदा र वर्क फर्म होमको व्यवस्था मिलाउन, समुुदायस्तरमा कोभिड १९ को संक्रमण फैलिई महामारीको विशेष परिस्थति आइपर्नसक्ने परिस्थिति समेतलाई आंकलन गरी बैंक तथा वित्तीय संस्थाका आवश्यकीय कार्यको लागि विस्तृत कार्ययोजना बनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कोभिड १९ को संक्रमणका बाबजुुद पनि ग्राहक र कर्मचारीलाई सुरक्षितरुपमा राखेर वित्तीय सेवा प्रवाह गर्ने विस्तृत कार्ययोजना यही साउन ३० गते राष्ट्र बैंकलाई उपलब्ध गराउनुुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया