बैंक तथा फाइनान्सहरुको चुक्ता पुँजी तीन खर्ब नौ अर्ब
सुरेश राउत
काठमाडौं, पुस ८
बैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तमा २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुसहितका ८५ वटा संस्थाहरुको कुल चुक्ता पुँजी दुई खर्ब ८७ अर्ब २३ करोड ७१ लाख ६० हजार रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म भने २८ वटा वाणिज्य बैंक, सबै किसिमका गरी २५ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहित ७५ वटा संस्थाहरुको कुल चुक्ता पुँजी तीन खर्ब नौ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी गत आवको पहिलो त्रैमासिक अवधिको तुलनामा झण्डै २५ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो त्रैमासिकमा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी दुई खर्ब ५८ अर्ब ९८ करोड ७० लाख रुपैैयाँ रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो चुक्ता पुँजी दुई खर्ब ३५ अर्ब २४ करोड रुपैयाँको हाराहारीमा रहेको थियो ।
विकास बैंक र फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी भने पछिल्लो अवधिमा घटेको छ । पछिल्लो समय धेरै विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तिमा गएका कारण चुक्ता पुँजी घटेको हो । राष्ट्र बैंकका अनुसार गत आवको पहिलो त्रैमासिकमा विकास बैंकहरुको कुल चुक्ता पुँजी ३८ अर्ब ८० करोड ५४ लाख ४० हजार रुपैयाँ रहेकोमा चालू आवको पहिलो त्रैमासिकमा यस्तो चुक्ता पुँजी घटेर ३७ अर्ब ३३ रकोड ३० लाख रुपैयाँमा झरेको छ । यसैगरी फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी पनि चालू आवको पहिलो त्रैमासिकमा १३ अर्ब ३६ करोड ५० लाख रुपैयाँमा सीमित रहेको छ । राष्ट्र बैंकका गत आवको पहिलो त्रैमासिकमा भने फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी १३ अर्ब ३१ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार ठूलो संख्यामा विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तिमा सामेल भएका कारण पनि यस्ता संस्थाहरुको कुल चुक्ता पुँजी घटेको हो । मर्जर तथा प्राप्तिमा जाँदा ठूलो संस्थासँग जाने हुँदा वाणिज्य बैंकहरुको चुक्ता पुँजी बढेर र विकास बैंक र फाइनान्स कम्पनीहरुको सामान्यरुपमा घटेको प्रवक्ता निरौलाले बताए । उनका अनुसार चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा कुल एक सय ७८ बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् ।
यीमध्ये एक सय ३५ संस्थाको इजाजत खारेज हुन गई कुल ४३ संस्था मात्र कायम रहेका छन् । यसरी खारेज हुन संस्थाहरुमा अधिकांश संस्था विकास बैंक र फाइनान्स कम्पनीहरु परेका कारण पनि पछिल्लो अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजीमा केही संकुचन आएको प्रवक्ता निरौलाको भनाइ छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी (रु. दश लाखमा)
विवरण २०७६ असोज २०७५ असोज
वाणिज्य बैंक २५८९८७ २३५२४०.५०
विकास बैंक ३७३३३ ३८८०५.४४
फाइनान्स १३३६५ १३३१४.०४
कुल चुक्ता पुँजी ३०९६८६ २८७२३७.१६
(स्रोत : नेपाल राष्ट्र बैंक)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया