Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमितको संख्या २७ हजार नाघ्यो

संक्रमितको संख्या २७ हजार नाघ्यो


काठमाडौं, भदौ २
काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण ह्वात्तै बढेको छ । सोमबारसम्म काठमाडौं उपत्यकामा दुई हजार एक सय ३४ जना सङ्क्रमित पाइएको छ । उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन् । अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार सात सय पाँच, भक्तपुरमा एक सय ४७ र ललितपुरमा दुई सय ८२ जना रहेका छन् ।

यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन् । यस्तै दुई सय ४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा एक सय ६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् । सोमबार मात्र उपत्यकामा एक सय ६८ जना सङ्क्रमित फेला परेका छन् ।

काठमाडौँमा एक सय ३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् । उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार आठ सय ८३ जना रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार पाँच सय ३४, भक्तपुरमा एक सय १२ र ललितपुरमा दुई सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा २७ हजार दुई सय ४१ सङ्क्रमित, १७ हजार चार सय ९५ निको भएका, एक सय सात जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार छ सय ३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै, सोमबार काठमाडौंसहित देशभर पाँच सय ८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा एक सय ६८ सहित देशभरमा पाँच सय ८१ नयाँ सङ्क्रमित थपिएका हुन् । सोमबार थपिएका सङ्क्रमितमध्ये चार सय आठ पुरुष र एक सय ७३ महिला छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार पाँच सय २० नमूना परीक्षण भएको थियो । हालसम्म पाँच लाख २९ हजार सात सय २७ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा एक सय ६० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार सात सय ९५ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६४ दशमलव दुई प्रतिशत हो । देशभरमा क्वारेन्टाइनमा रहेको सङ्ख्या १५ हजार एक सय ९८ छ । देशभर जम्मा नौ हजार छ सय ३९ सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा सात हजार ३८ र होम आइसोलेसनमा दुई हजार छ सय एक जना छन् । प्रदेशअनुसार सक्रिय सङ्क्रमित प्रदेश १ मा नौ सय १०, प्रदेश २ मा एक हजार आठ सय ६७, वाग्मती प्रदेशमा दुई हजार दुई सय १८, प्रदेश ४ मा दुई सय ९७, प्रदेश ५ मा सात सय ३५, कर्णाली प्रदेशमा दुई सय १२ र सुदूरपश्चिम प्रदेशमा सात सय ९९ रहेका छन् ।

देशभरमा गरी एक सय १३ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा एक, प्रदेश २ मा ४१, वाग्मती प्रदेशमा ५९, गण्डकी प्रदेशमा एक र प्रदेश ५ मा ११ जना आईसीयूमा रहेका छन् । वाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् । नेपालमा प्रति १० लाख जनसङ्ख्यामा आजसम्म १८ हजार एक सय ४३ जनामा पीसीआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यामा नै मृत्यु तीन दशमलव चार रहेको छ ।

सोमबार नयाँ सङ्क्रमित फेला परेका जिल्लामा बाँके, सल्यान, बारा, पर्सा, सप्तरी, मोरङ, झापा, सुनसरी, कपिलवस्तु, काभ्रे, महोत्तरी, धनुषा, दैलेख, जुम्ला, मोरङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम छन् । त्यस्तै, रौतहट, सिन्धुपाल्चोक, कास्की, सुर्खेत, तनहुँ, अर्खाखाँची, प्युठान, दाङ, कैलाली, कञ्चनपुर, मकवानपुर, धादिङ, सर्लाही, चितवन, महोत्तरी, रुपन्देही र नुवाकोटमा पनि नयाँ सङ्क्रमित फेला पुष्टि भएको छ ।

जम्मा सङ्क्रमितमध्ये ८० प्रतिशतलाई आफैँ निको हुने र १० प्रतिशतलाई अस्पताल नै जानु परे पनि जटिल समस्या नहुने प्रवक्ता गौतमले बताए । अस्पताल पुग्ने १० प्रतिशत व्यक्तिलाई सामान्य लक्षण मात्रै देखिने हुँदा क्षणिक उपचार गरे पुग्ने हुन्छ । बाँकीलाई आईसीयू र भेण्टिलेटर आवश्यक पर्नसक्ने देखिएको छ । कोभिडका कारण थप तीन जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक सय सात पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, काठमाडौँका ५८ वर्षीय महिला र मोरङका ६० वर्षीय पुरुष छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया