चितवनमा ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने
चितवन, पुस ८
आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलोपटक घर जग्गा तथा सजावट र फर्निचरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका दुईवटा एक्स्पो आयोजना हुने भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनीस्थलमा माघ ८ देखि ११ गतेसम्म नेपाल ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको हो ।
ए एस इभेण्ट एण्ड मार्केटिङ प्रालि र इभेण्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा दुवै मेलाको आयोजना हुन लागेको हो । पछिल्लो समय आधुनिक शैलीमा घर तथा आवासीय भवनको निर्माण तिब्र बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै चितवन प्रदर्शनीस्थलमा मेला आयोजना गर्न लागिएको हो । घर जग्गा तथा निर्माण मेलामा आधुनिक शैलीका गुणस्तरीय निर्माण सामग्री र प्रविधि आकार्षण बन्ने ए एस इभेण्ट एण्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए ।
‘जगदेखि निर्माण पछिको अन्तिम सजावटसम्मका सबै सामग्री र त्यसको प्रविधिका बारेमा सर्वसाधारण, व्यवसायी र सम्बद्ध पक्षलाई जानकारी गराउन एकै छानामुनी दुई वटा मेला आयोजना गर्न लागिएको हो’, श्रेष्ठले भने । फर्निचर तथा सजावट मेलाको टाइटल स्पन्सरमा जेम फ्लोरिङ रहेको छ भने हाइटेक्स कार्पेटले मुख्य प्रायोजन गर्नेछ । त्यसै गरी दुवै मेलालाई उद्योग परिसंघ र चितवन उद्योग संघले प्रवर्द्धन गर्ने छन् । रेष्ट्रोलोजी, अधिकारी क्रिएटिभ कन्सर्न र ब्रिज एजुकेशन फाउण्डेसनले दुवै मेलालाई सपोर्ट गर्ने छन् ।
विलासिताबाट अपरिहार्य बन्दै गएको फर्निचर तथा सजावटका उत्पादनलाई पनि एकै पटक मेलामा आकर्षणका रुपमा समावेश गरिएको अर्को आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । चार दिनसम्म चल्ने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया