Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारग्लोबल आईएमई बैंकद्वारा न्यानो कपडा वितरण

ग्लोबल आईएमई बैंकद्वारा न्यानो कपडा वितरण


काठमाडौं, पुस ८
ग्लोबल आईएमई बैंक लिमिटेडले न्यानो कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा दुुई सय थान ब्लाङ्केट वितरण गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिव रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिव टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका प्रदेश नं. ५ का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिबार आयोजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका दुुई सय परिवारलाई संयुक्तरूपमा ब्लाङ्केट हस्तान्तरण गरेका हुुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजामती कर्मचारी श्रीमती संघसँगको सहकार्यमा नवलपरासीको सुस्ताका विपन्न समुदायलाई जाडोमा ब्लाङ्केट वितरण गरेको हो । बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया