Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूमि बैंकमार्फत सरकारी तथा गुठीका जग्गा उपयोग गर्न दिने तयारी

भूमि बैंकमार्फत सरकारी तथा गुठीका जग्गा उपयोग गर्न दिने तयारी


काठमाडौं, भदौ १०
सरकारले भूमी बैंकमार्फत सरकारी, नदि उकास एवं तथा गुठीका जग्गा उपयोग गर्न दिने तयारी थालेको छ । भूमिबाट उत्पादन बढाउने र बाँझो राख्न नदिने योजनाअनुसार सरकारले भूमि बैंकमार्फत उक्त जग्गाहरू उपभोग गर्न दिने तयारी थालेको हो । भू–उपयोग ऐनमा भूमी बैंकको स्थापना गर्ने व्यवस्था गरिएको छ । सरकारले पनि आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटमा भूमि बैंक स्थापनालाई प्राथमिकतामा राखेको छ । सोहीअनुसार मन्त्रालयले भूमि बैंक स्थापनाका लागि छलफल थालेको हो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमी बैंक निर्माणबारे छलफललाई तीव्र पारेकी छिन् । उक्त बैंक निर्माणको बारेमा मन्त्री अर्यालले मंगलबार काठमाडौंमा विज्ञहरूको टिमसँग छलफल समेत गरेकी छिन् । विज्ञहरूको छलफलमा मन्त्री अर्यालले भूमि बैंकमार्फत सबै प्रकारका जग्गाहरू उपभोग गर्न पाउने हिसाबले बाटो खोलिदिनुपर्ने बताइन् । ‘नदि उकास, हैसियत बिग्रिएका वनहरूका जग्गाहरू हामीसँग छन् । सरकारी जग्गाहरू छन् । ती जग्गाहरू प्रयोग गर्नका निम्ति पनि हामीले बाटो खोल्दिनुपर्छ’, उनले भनिन् ।

बैंकको संरचनाका सन्दर्भमा अहिले पनि दुविधा रहेको भन्दै उनले व्यवस्थापकीय काम स्थानीय तहले नै गर्ने भए पनि सरकारी निकाय र जनताको तत्परता दुवै भएमा थप प्रभावकारी हुने बताइन्् । उनले आगामी दिनमा देशभर भूमि बैंक बिस्तार गर्दै जाँदा देशभरि जसले जहाँ पनि उपयोग गर्न पाउने व्यवस्था बनाउनका निम्ति राष्ट्रियस्तरको संरचना निर्माण गर्न आवश्यक रहेको बताइन् । ‘यदि देशभरिको जहाँ पनि जान पाउने, उपयोग गर्न पाउनेगरी जाने हो भने राष्ट्रियस्तरको संरचनाको जरुरी छ,’ मन्त्री अर्यालले भनिन्, ‘भूमि बैंकको क्षेत्र देशभर लैजाँदा स्थानीय तहले मात्र पुग्दैन ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया