Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैधानिकरुपमा नेपाल आएका चिनियाँलाई समस्या नहुने

वैधानिकरुपमा नेपाल आएका चिनियाँलाई समस्या नहुने


काठमाडौं, पुस ९
प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरेका एक सय २२ जना चिनियाँ नागरिकहरु अपराधमा संलग्न रहेको नदेखिए भिसा अवधिभर नेपालमा बस्न कुुनै समस्या नहुने भएको छ । ‘जो वैधानिक रुपमा नेपाल आएका छन्, जसको भिसा अवधि बाँकी छ र नेपालमा कुनै अपराध गरेको छैन भन्ने देखियो भने पक्राउ परेका ती व्यक्तिहरु नेपालमा बस्न कुनै समस्या हुँदैन’, महानगरीय अपराध महाशाखाका प्रमुुख सहकुुल थापाले भने ।

थापाका अनुसार अनुसन्धानको क्रममा कुुनै चिनियाँ नागरिक गैरकानुनीरुपमा नेपालमा बसेको छ, नेपालमा उसले अपराध गरेको छ भने त्यस्ता व्यक्तिहरुलाई भने ऐन नियमको परिधिभित्र रहेर कारबाही गरिनेछ । साइबर ह्याकिङसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले सोमबार एक सय २२ चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको थियो ।

चिनियाँहरुको उक्त गिरोहले शंकास्पद गतिविधि सञ्चालन गरिरहेको सूचना प्रहरीले पाएसँगै सोमबार अपराह्नदेखि सर्च अपरेसन सुरु गरिएको थियो । प्रहरीले उनीहरुलाई उपत्यकाको मनमैजुु, बाँसबारी, बूढानीलकण्ठ लगायतका क्षेत्रबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं, केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखा समेतको संयुुक्त टोलीले शंकास्पद गतिविधिमा संलग्न चिनियाँको खोजी गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया