कपडा तस्करीमा हवाइमार्ग र खुला सीमामा तस्करको सेटिङ

विराटनगर । नेपाल प्रहरीले विराटनगरका कपडाको कारोबारी बब्लु अग्रवालको दुईवटा कपडा गोदाममा एकै पटक छापा मारेको छ ।
उक्त छापाले सशस्त्र प्रहरीको वीओपीसँगको सेटिङमा हुुँदै आएको तस्करीलाई सार्वजानिक गरिदिएको छ । नेपालसँग सीमा जोडिएको भारतीय सीमानाकाको सुरक्षा र तस्करी नियन्त्रणको जिम्मा पाएको वीओपीसँगको सहमती बेगर यत्ति ठूलो परिमाणमा कपडाको तस्करी सम्भव नै नहुने बताउन थालिएको छ । विराटनगरसँग जोडिएको भारतको जोगबनी नाकाबाट भन्सार छली गरी ल्याइएका लाखौं मूल्यका कपडा राखिएको गोदाममा नेपाल प्रहरीले छापा मारेपछी तस्करीको रहस्य खुलेको छ । तर अवैध कारोबार गर्दै आएका अग्रवाल भने प्रहरीको नियन्त्रणबाट भाग्न सफल भएका छन् । अग्रवाल भागेकोमा पनि आशंका गर्न थालिएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वाल नेतृत्वको विशेष टोलीले विराटनगर एयरपोर्टमा कार्गोका माध्यमबाट ब्यापक कपडा तस्करी हुने सूचना पाएपछि छापा मारेको हो । प्रहरी टोलीले पहिलो निसाना विराटनगर एयरपोर्टको कार्गो परिसरलाई बनाएको प्रहरीस्रोतले बताएको छ । एसपी कटुवालको विशेष प्रहरी टोली विराटनगर एयरर्पोट पुग्दा अग्रवालले काठमाडौँ पठाउन तयार पारेका दुईवटा ठूला बोराका कपडा प्रहरीले नियन्त्रण लिएको थियो ।
एयरपोर्टमा तत्काल प्रहरी उपरिक्षक कटुवालले ती बोराहरू खोलेर जाँच गर्दा ८९ थान उनी ब्रान्डका उच्च गुणस्तरका कुर्ता–सुरुवाल फेला परेको बताइएको छ । उक्त बरामद गरिएका कपडाको बजार मूल्य प्रतिथान पाँच हजार रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । नेपाल प्रहरीले एयरपोर्टबाट करिब चार लाख मूल्य बराबरको सामान बरामद गरेको हो । एयरपोर्टको सफलतापछि प्रहरी टोलीले स्रोतलाई पछ्याउँदै विराटनगर–४ स्थित शारदा अग्रवालको घरमा छापा मारेको थियो । शारदा बब्लुकी आमा हुन् । प्रहरी पुग्दा त्यहाँका कपडा प्रदेश १–०४–००१ च १४५१ नम्बरको पिकअप गाडीमा लोड गरिँदै थियो । प्रहरीले तत्काल गाडी र त्यसका चालक, विराटनगर–४ बस्ने तनवीर मुस्ताकिनलाई नियन्त्रणमा लियो । घरभित्र खानतलासी गर्दा प्रहरीले थप कपडा बरामद गरेको थियो ।
प्रहरीले तस्करीमा प्रयोग भएका सवारी साधन पनि नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धान अनुसार अग्रवालको तस्करी प्रकरणलाई सूक्ष्म अनुुसन्धान सुरु गरिसकेको कुरा बताइएको छ । लामो समयदेखि सुनसरीका विभिन्न सीमा नाकाहरू प्रयोग गरेर भारतको जोगबनीबाट कपडा ल्याउने कार्यमा संलग्न रहेको तथ्यसम्म प्रहरी पुगेको छ । यसरी ल्याइएका कपडाहरू विराटनगर–५ स्थित उनको मुख्य पसल माँ दुर्गा इम्पेरियलबाट बिक्री वितरण हुने गरेको छ । साना बजारमा सोझै बिक्री गर्ने र काठमाडौँ पठाउदा विराटनगर एयरपोर्टका प्रहरीदेखी एयरलाइन्सका कर्मचारी समेतको मिलीभगतमा संस्थागत कपडा तस्करीको सञ्जाल नै अग्रवालले चलाएको दावी प्रहरी स्रोतको छ ।
हाल विराटनगर क्षेत्रमा कपडा तस्करीको सञ्जाल कति गहिरोसँग फैलिएको छ भन्ने कुरालाई पुनः उजागर गरेको छ । सीमा क्षेत्रको फाइदा उठाउँदै व्यापारीहरूले ठूलो मात्रामा राजस्व छली गरी अवैध कारोबार गरिरहेको यो घटनाले पुष्टि गरेको छ । प्रहरीले बरामद गरेको कपडा र सवारी साधान आवश्यक कारबाहीका लागि राजस्व कार्यालय इटहरी सुनसरीमा पठाएको मोरंग प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि
- एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड
- एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
- दुर्घटनामा परी कानुनमन्त्री सिन्हाका भाइ राजीव सिन्हाको मृत्यु
- मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ
- पाकिस्तानलाई आईएमएफबाट आर्थिक राहत
- सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्न सक्ने
- अमेरिकामा आप्रवासन नियममा कडाइ, जनवरीदेखि ८५ हजार भिसा रद्द
धेरैले पढेको
- दुर्घटनामा परी कानुनमन्त्री सिन्हाका भाइ राजीव सिन्हाको मृत्यु
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- सर्वोच्चको पूर्णपाठ सार्वजनिक : उपत्यकाका ३ नदीमा ४० र अन्य खोला किनारबाट २० मिटरसम्म नक्सापास नहुने
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- अख्तियार प्रमुख राईलाई हत्या गर्न सुपारी दिएको आरोपमा महानिर्देशक अधिकारी पक्राउ
- एसईई परीक्षाको १४ वर्षे उमेरको ‘थ्रेस होल्ड’विरुद्ध अन्तरिम आदेश मुद्दालाई अग्राधिकार
- वाइडबडी विमान खरिद काण्ड : भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- २२ सय ६३ मेगावाटका दुई आयोजनाका लागि कसरी जुट्छ झण्डै साढे छ खर्ब रुपैयाँ ?
- राष्ट्रिय परीक्षा बोर्डद्वारा १४ वर्षको उमेर हद हटाउन शिक्षा मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्न अस्वीकार
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु












तपाईको प्रतिक्रिया