Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनपीएलमा सट्टाबाजी गर्ने आठ भारतीय पक्राउ

एनपीएलमा सट्टाबाजी गर्ने आठ भारतीय पक्राउ


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेका आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आन्ध्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका छन् ।

अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेका उनीहरुलाई बल्खुबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट १५ थान मोबाइल बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार बरामद गरिएका मोबाइलको प्रविधियुक्त अनुसन्धान गरी मुलुकी अपराधसंहिता २०७४को दफा १२५को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x