काठमाडौं, पुस ९
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा नेपाल जनप्रशासन संघ (पान)द्वारा स्थापित ‘हेमबहादुर मल्ल सम्मान पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । २०७३ सालको ‘हेमबहादुर मल्ल सम्मान’बाट नेपालमा विद्युत् शक्तिको समुचित व्यवस्था गरी मुलुकलाई लोडसेडिङमुक्त तुल्याउने विद्युत् प्राधिकरणका निर्देशक घिसिङलाई र २०७४ सालको ‘हेमबहादुर मल्ल सम्मान’ आँखा उपचारमा अतुलनीय योगदान गर्ने आँखाका विशेषज्ञ चिकित्सक डा. रुइतलाई प्रदान गरिने भएको हो ।
आगामी शुक्रबार एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उनीहरूलाई सम्मान गर्न लागिएको हो । मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन र जनप्रशासन संघ संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । पत्रकार सम्मलेनमा पुरस्कार छनौट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले २०५९ सालमा संघ स्थापना भएको र ६० सालदेखि सार्वजनिक प्रशासन र व्यवस्थापन क्षेत्रमा उत्कृष्ट योगदान पु-याएका प्रतिष्ठित व्यक्तिहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको जानकारी दिए ।
सम्मान पुरस्कार राशिको रकम सुरुमा नगद एक लाख रहेकोमा अहिले बढाएर दुई लाख पु-याएको उनले बताए । पुरस्कार राशिको रकमलाई आगामी दिनमा बढाएर पाँच लाख पु-याउन साल्ट ट्रेडिङका अध्यक्ष र कार्यकारी अधिकृतसँग उनले आग्रहसमेत गरेका छन् । हेमबहादुर मल्ल सम्मान पुरस्कारबाट २०६० सालदेखि अहिलेसम्म क्रमशः त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, पर्वूमुख्यसचिव बिमल कोइराला, महाविर पुन, भोजराज श्रेष्ठ, दमननाथ ढुंगाना, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा, पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे सम्मानित भइसकेका छन् ।
पुरस्कार घोषणा कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धर, कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, नेपाल जनप्रशासन संघका कार्यवाहक अध्यक्ष डा. हिरामणि घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया