Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशचार महिनामा वीरगञ्ज भन्सारले उठायो ३३ अर्ब राजस्व

चार महिनामा वीरगञ्ज भन्सारले उठायो ३३ अर्ब राजस्व


वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम चार महिनामा वीरगञ्ज भन्सार कार्यालयले पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड राजस्व उठाएको छ ।

कार्यालयले फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड, कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड राजस्व चालु आवको चार महिनामा सङ्कलन गरेको छ । इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ ।

चालु आवको चार महिनामा वीरगञ्जबाट दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । चालु आवमा ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x