हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं,नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई शनिबार हाइकिङमा गएका बेला नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उपत्यकामै चम्पादेवी क्षेत्रमा हाइकिङ गएका उनी अचेत भएर ढलेपछि सेनाको हेलिकप्टरले उद्धार गरेको हो । उनलाई उद्धारपछि धापासीमा रहेको ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचारका लागि लगिएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले काठमाडौँको हाइकिङ गएका बेला अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्राण्डी अस्पताल लगिएको जानकारी दिए ।
इन्टेन्सिभ केयर युनिट (आईसीयू)मा उनको उपचार भएको छ । अस्पतालका अनुसार उनलाई हृदयाघात भएको थियो भने मुटुको अपरेसन गरिएको छ । मुटुको देब्रे नशामा समस्या देखिएपछि स्टेन राखेर ब्लकेज खोलिएको छ । भारतीय दूतावासका दुई अन्य अधिकृतसँगै हाइकिङ गएका उनी ढलेलगत्तै नेपाल प्रहरीको टोली उद्धारका लागि खटिएको थियो । अवस्था गम्भीर देखिएपछि हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल लगिएको हो । रक्तप्रवाह नशामा ब्लक भएको पाइएपछि अपरेसन गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- आगलागीमा परी वृद्धको मृत्यु
- मेस्सी एक्कासि बाहिरिएपछि भड्किए भारतीय समर्थक
- भारतमा महिलाको आर्थिक पहुँच बढाउन १० करोड अमेरिकी डलर ऋण
- रूसविरुद्ध युरोपको नयाँ आर्थिक प्रतिबन्ध
- चीनको अन्तरिक्ष अनुसन्धान र व्यावसायिक प्रक्षेपणमा नयाँ सफलता
- मिथेन उत्सर्जनमा न्यूजिल्याण्डको संशोधित २०५० लक्ष्य सार्वजनिक
- इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको संख्या हजार नाघ्यो
- दोहोरो अंकले घट्यो शेयर बजार
धेरैले पढेको
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- दुर्घटनामा परी कानुनमन्त्री सिन्हाका भाइ राजीव सिन्हाको मृत्यु
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- सर्वोच्चको पूर्णपाठ सार्वजनिक : उपत्यकाका ३ नदीमा ४० र अन्य खोला किनारबाट २० मिटरसम्म नक्सापास नहुने
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- अख्तियार प्रमुख राईलाई हत्या गर्न सुपारी दिएको आरोपमा महानिर्देशक अधिकारी पक्राउ
- एसईई परीक्षाको १४ वर्षे उमेरको ‘थ्रेस होल्ड’विरुद्ध अन्तरिम आदेश मुद्दालाई अग्राधिकार
- वाइडबडी विमान खरिद काण्ड : भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- २२ सय ६३ मेगावाटका दुई आयोजनाका लागि कसरी जुट्छ झण्डै साढे छ खर्ब रुपैयाँ ?
- राष्ट्रिय परीक्षा बोर्डद्वारा १४ वर्षको उमेर हद हटाउन शिक्षा मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्न अस्वीकार
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु

















तपाईको प्रतिक्रिया