राजस्व अनुसन्धान प्रमुख हाजिर नहुँदा अधिकृतको रजाइँ

विराटनगर । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपश्चात कोशी प्रदेशको राजधानी विराटनगरमा राजस्व छली, दोहोरो बिल बीजक जारी, स्टिमेन्ट बिलका भरमा ब्यवसायिक कारोवार बढ्दै गएको छ ।
केही दिन अगाडि अर्थमन्त्रालयले सुजित कुमार सिंहलाई राजस्व अनुसन्धान कार्यालय सुनसरीको प्रमुखमा पठाएको थियो । कार्यालय प्रमुख सुजित कुमार सिंह राजस्व अनुसन्धानमा सरुवा भए पनि अहिलसम्म कार्यालयमा हाजिर भएका छैनन् । इटहरीको अनुसन्धान कार्यालय प्रमुखमा सिंहको पदस्थापन भए पनि उनी हाजिर नहुँदा अनुसन्धान अधिकृतका रुपमा सरुवा भएर जाने अवस्थामा रहेका विदुर गौतममाथि विवादास्पद कार्यशैलीको आरोप लाग्न थालेको छ । बजारमा अराजकता मच्चाउने विराटनगरका केही ब्यवसायीले विभिन्न खाले प्रस्ताव बोकेर राजस्व अनुसन्धान धाउन थलेको रहस्य पनि खुलेको छ । अब कतै राजस्व अनुसन्धान नै विचौलीयादेखि माफियाको प्रभावमा पर्ने हो कि, भन्ने कुराले ब्यवसायी तथा उद्योगिहरूमा त्रास जस्तो देखिन थालेको छ । एक ब्यवसायीले भने, ‘जेनजी आन्दोलनपछि अहिले शासन सञ्चालनमा नै बिचौलिया, तस्कर र माफियाको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहँदै आइरहेको जस्तो देखिन थालेको छ । त्यसले गर्दा यो अवस्थामा नयाँ कार्यालय प्रमुखका रुपमा सिंगको आगमन भए पनि अब राजस्वले गर्ने छापा प्रकरणले माफिया र बिचौलियाको आदेश पालना गर्दै ब्यवसायीलाई राजस्व अनुसन्धानका नाममा कतै उन्मुक्ति दिने काम हुने त हैन भनी सोच्ने बेला आएको छ ।’
जेन–जी आन्दोलनअगाडि पनि पटक–पटक विवादीत बनेको राजस्व अनुसन्धान कार्यालय सुनसरीले अब आफ्ना सबै संयन्त्रलाई बिचौलिया र माफियाको घेराबाट पूर्णरूपमा अलग राखी सुशासन कायम गर्न अग्रसरता लिने बेला आएको उद्योगि तथा ब्यवसायीको भनाइ छ । राजस्व छली नियन्त्रणाका लागि संचालनमा रहेका विभिन्न सरकारी निकायले आपसी समन्वय गर्दै अनियमिततामा रमाउने र बदमासी गर्नेलाई एक–एक गरेर पहिचान गर्दै कानुनी दायरामा ल्याउनु पर्ने प्रमुख दायित्व नयाँ कार्यालय प्रमुखका रुपमा आउँदै गरेका सिंहको छ । सरकारले प्रशासनमा व्याप्त अनियमितता र विकृतिको अन्त्य गर्न प्रशासन क्षेत्रमा समेत निर्मम अप्रेसन गर्न जरुरी रहेको सरोकारवाला बताउँछन् । त्यसका लागि सबैभन्दा पहिला सरकार आफू इमानदार रहेको र सुशासनप्रेमी भएको अनुभूति आम जनता समक्ष दिन सक्ने गरी कार्य प्रणालीको विकास सरकारले गर्नुपर्ने उनीहरूको भनाइ छ । लामो सयमदेखि कायम रहँदै आएको व्यवसायी विचौलीया र इटहरीको सुनसरीमा रहेको राजस्व अनुसन्धानभित्र सँचालन हुने लेनदेनको कनेक्सन अब सिंहको आगमनसँगै राजस्व कार्यालय सुनसरीले सेटिङ्गको बाटो नै सदाका लागि बन्द गरिदिने सन्देश दिन ढिला भइसकेको उनीहरू बताउँछन् ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- आगलागीमा परी वृद्धको मृत्यु
- मेस्सी एक्कासि बाहिरिएपछि भड्किए भारतीय समर्थक
- भारतमा महिलाको आर्थिक पहुँच बढाउन १० करोड अमेरिकी डलर ऋण
- रूसविरुद्ध युरोपको नयाँ आर्थिक प्रतिबन्ध
- चीनको अन्तरिक्ष अनुसन्धान र व्यावसायिक प्रक्षेपणमा नयाँ सफलता
- मिथेन उत्सर्जनमा न्यूजिल्याण्डको संशोधित २०५० लक्ष्य सार्वजनिक
- इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको संख्या हजार नाघ्यो
- दोहोरो अंकले घट्यो शेयर बजार
धेरैले पढेको
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- दुर्घटनामा परी कानुनमन्त्री सिन्हाका भाइ राजीव सिन्हाको मृत्यु
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- सर्वोच्चको पूर्णपाठ सार्वजनिक : उपत्यकाका ३ नदीमा ४० र अन्य खोला किनारबाट २० मिटरसम्म नक्सापास नहुने
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- अख्तियार प्रमुख राईलाई हत्या गर्न सुपारी दिएको आरोपमा महानिर्देशक अधिकारी पक्राउ
- एसईई परीक्षाको १४ वर्षे उमेरको ‘थ्रेस होल्ड’विरुद्ध अन्तरिम आदेश मुद्दालाई अग्राधिकार
- वाइडबडी विमान खरिद काण्ड : भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- २२ सय ६३ मेगावाटका दुई आयोजनाका लागि कसरी जुट्छ झण्डै साढे छ खर्ब रुपैयाँ ?
- राष्ट्रिय परीक्षा बोर्डद्वारा १४ वर्षको उमेर हद हटाउन शिक्षा मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्न अस्वीकार
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु

















तपाईको प्रतिक्रिया