Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्का अस्वीकृतलाई सांसद बनाउने निर्णय

अर्का अस्वीकृतलाई सांसद बनाउने निर्णय


काठमाडौं,भदौ १९
२०७४ सालको आम निर्वाचनमा बर्दियामा जनताद्वारा अस्वीकृत (पराजित) अर्का नेता उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णय सत्तारुढ नेकपाले गरेको छ । यसअघि गोरखाबाट डा. बाबुराम भट्टराईसँग पराजित भएका नारायणकाजी श्रेष्ठलाई पनि नेकपाले राष्ट्रियसभामा पठाएको छ ।

सरकारले गौतमलाई मनोनीत गर्न लागेको जानकारी नेकपाको बिहीबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गराएका थिए । प्रधानमन्त्री ओलीको उक्त जानकारीप्रति स्थायी समितिका कुनै पनि सदस्यले विरोध गरेका थिएनन् । बुधबार रातिसम्म पनि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा नआउन आग्रह गर्दै मनाउने प्रयास गरेका थिए ।

गौतमले नमानेपछि प्रधानमन्त्री ओली आफैंले सरकारले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनीत गर्न लागेको जानकारी बैठकमा गराएका थिए । बुधबार नै अर्का अध्यक्ष प्रचण्डलाई पनि ओलीले गौतमलाई मनाउन आग्रह गरेका थिए । तर, अर्थतन्त्र क्षेत्रका दलालहरुले प्रचण्ड, गौतमलगायतका नेताहरुलाई जसरी पनि युवराजलाई अर्थमन्त्रीबाट हटाउन उचालिरहेका थिए ।

राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पद छ महिनादेखि रिक्त छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त पदमा मनोनीत गर्न प्रधानमन्त्री ओलीको चाहना भए पनि गौतमले अडान नछाडेपछि खतिवडाको अर्थमन्त्री पद शनिबार राति १२ बजेसम्म कायम रहनेछ । तर, कतिपय भने प्रधानमन्त्रीले खतिवडालाई अझै अर्थमन्त्री बनाउने हुन् कि भन्ने त्रासमा छन् । यद्यपि खतिवडा सांसद नभएसम्म पुनः मन्त्री बन्न नपाउने संविधानको धारा ७८ को उपधारा ३ मा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया