Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन

कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद तथा अर्थ समितिका तत्कालीन सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीविरुद्ध गोकर्णेश्वर नगरपालिका, काठमाडौंका तत्कालीन नगरप्रमुख (मेयर)को रुपमा कार्यरत रहँदा पदीय मर्यादाविपरीत गैरकानुनी काम गरी सम्पत्ति आर्जन गरेको आरोप लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चालिसेविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले गैरकानुनी आर्जन गरेको भन्दै अख्तियारले बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०को उपदफा (१) बमोजिम एक वर्षदेखि तीन वर्षसम्म कैद माग गरेको छ । चालिसेविरुद्धको मुद्दामा अख्तियारले तीन करोड ६८ लाख ४७ हजार सात सय ६१ रुपैयाँ ७१ पैसा बिगो दाबी गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार चालिसेका साथै परिवारका अन्य सदस्यहरूलाई पनि प्रतिवादी कायम गरेको छ । उनीहरूलाई भने प्रचलित कानुनबमोजिम भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको छ । यसमा चालिसेकी श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सन्जिव चालिसे र बुहारी प्रमिला पोखरेललाई प्रतिवादी कायम गरिएको छ ।चालिसेले मेयर हुँदा गैरकानुनी गतिविध गरेको दाबी अख्तियारको छ । २०७४ जेठ ८ गते देखि उनी २०७९ असार ३२ सम्म उनी मेयर थिए । सो पदमा हुँदा उनी र उनको परिवारको वैधानिक आम्दानी चार करोड ८८ लाख ३५ हजार आठ सय ३३ रुपैयाँ ६२ पैसा थियो । सोही अवधिमा उनी र उनको परिवारको खर्च तथा लगानी आठ करोड ५६ लाख ८३ हजार पाँच सय ९५ रुपैयाँ ३३ पैसा देखिएको छ । जाँच अवधिमा आम्दानीभन्दा खर्च तीन करोड ६८ लाख ४७ हजार सात सय ६१ रुपैयाँ ७१ पैसाबराबरको देखिएको र सो सम्पत्तिको स्रोत पुष्टि हुन नआएको अख्तियारले दाबी गरेको छ ।

चालिसे मेयर पदमा प्रवेश गर्नुअघि बैंक मौज्दातको रुपमा १८ लाख ४० हजार पाँच सय २७ रुपैयाँ २४ पैसा रहेको थियो । पदमा बहाल भएको अवधिमा उनको पारिश्रमिक बचत रकम १५ लाख ४९ हजार छ सय ३६ रुपैयाँ २० पैसा, छ लाख ४० हजार ३३ रुपैयाँ ३३ पैसा भत्ता आएको देखिन्छ । उनको छोारा सागर चालिसे र सन्जिव चालिसेको निश्चल मेडिसिन सेन्टर एन्ड फार्मेसीको पारिश्रमिक बचत आम्दानी रकम ३३ लाख ५१ हजार दुई रुपैयाँ २२ पैसा देखिएको छ ।्सागर चालिसेको इन्जिनियरिङ एन्ड एजुकेशन जोन प्रालिको पारिश्रमिक बचत आम्दानी आठ लाख ५६ हजार आठ सय र बुहारी प्रमिला पोखरलेको पारिश्रमिक बचत आम्दानी १४ लाख ४० हजार ९८ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रमिला पोखरलेको बोनस आम्दानी दुई लाख ९५ हजार २११ रुपैयाँ ९६ पैसा र बैंकबाट लिएको कर्जा १४ लाख २१ हजार रहेको छ । त्यस्तै उनले सहकारी संस्थाबाट दुई करोड आठ लाख ४९ हजार कर्जा लिएको र चिरायु फर्मास्युटिकल्स प्रालि स्वेच्छिक खारेजी हुँदा ३३ लाख सात हजार आम्दानी देखिएको छ । चिरायु फर्मास्युटिकल्स प्रालिको सेयर बिक्रीबाट भएको आम्दानी ३६ लाख ७२ हजार सात सय पाँच रुपैयाँ ५२ पैसा, बैंक ब्याजदरबाट प्राप्त आम्दानी सात लाख एक हजार ३७ रुपैयाँ ९३ पैसा, कृषिबाट एक लाख ५० हजार सात सय ९३ रुपैयाँ ४८ पैसा, जग्गा बिक्रीबाट ८२ लाख ६० हजार नौ सय ८७ रुपैयाँ ४९ पैसा आम्दानी देखिएको छ । इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जा पाँच लाख समेत चालिसे तथा उनको परिवारको आम्दानी देखिएको छ ।

त्यसैगरी, सोही जाँच अवधिमा प्रतिवादी चालिसेको व्ययतर्फ घर निर्माण एवं सोही घरमा आन्तरिक सजावट फर्निचरमा सात लाख तीन हजार आठ सय ३७ रुपैयाँ २८ पैसा र घर निर्माण नक्सापास दस्तुरमा २६ हजार ८३ रुपैयाँ २० पैसा देखिएको छ । त्यस्तै उग्रतारा स्यान्ड एन्ड फुटवल रिक्रियसन सेन्टर निर्माण आठ लाख ४० हजार, उग्रतारा स्यान्ड एन्ड फुवल रिक्रियसन सेन्टर सञ्चालनार्थ बहाल खर्चमा १५ हजार सात सय, बैंकबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा छ लाख ७० हजार ८७ रुपैयाँ १० पैसा चालिसे परिवारको खर्च देखिएको छ । बीमा प्रिमियम भुक्तानीमा ३१ लाख ४२ हजार ९३ रुपैयाँ खर्च देखिएको चालिसे र उनको परिवारको कम्पनी लगानीमा ४१ लाख ९१ हजार छ सय र शिवम् बचत तथा ऋण सहकारी संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा दुई करोड १८ लाख ७० हजार छ सय ९५ खर्च रहेको देखिन्छ छ ।

सेयर खरिदमा ९१ लाख १९ हजार आठ सय ४० रुपैयाँ खर्च गरेका चालिसे परिवारले, कर्जा लिँदा तिरेको सेवाशुल्कमा एक लाख ४५ हजार नौ सय ९५ रुपैयाँ, सहकारीबाट लिएको कर्जा नवीकरणमा एक लाख २३ हजार चार सय १० रुपैयाँ र जग्गा खरिद (रजिस्ट्रेसन दस्तुर) सहितमा दुई करोड ८९ लाख ६४ हजार नौ सय १० रुपैयाँ ९९ पैसा खर्च गरेको देखिन्छ । त्यस्तै जग्गा बिक्री लाभकरमा एक लाख पाँच हजार पाँच सय, व्यवसाय करमा दुई हजार तीन सय ६० रुपैयाँ, सवारी करमा एक लाख ४१ हजार छ सय ५० रुपैयाँ, सवारी कर्जाको साँवा र ब्याज भुक्तानीमा ३७ लाख ८३ हजार दुई सय ६२ रुपैयाँ ६६ पैसा चालिसे परिवारको खर्च देखिएको छ । इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा पाँच लाख ८० हजार सात सय ५३ रुपैयाँ र जाँच अवधिसम्ममा रहेको अन्तिम मौज्दात खर्च ४९ लाख ५५ हजार आठ सय १८ रुपैयाँ १० पैसा चालिसे परिवारको खर्च रहेको देखिन्छ । चालिसे परिवारको सम्पूर्ण आम्दानी र खर्चलाई तुलना गर्दा आम्दानीभन्दा खर्च बढी देखिएको छ । सोसँगै अख्तियारले जाँच गर्दा उनले पदीय मर्यादाविपरीतका कार्यहरू गरी गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको पाएको बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x